श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु
काठमाडौं । चलचित्र ‘महाराजधिराज’को छायांकन सुरु भएको छ । गत मंगलबार शुभमुहूर्त गरिएको ‘महाराजधिराज’को छायांकन सुरु भएको हो । चलचित्रको छायांकन सुनसरीबाट सुरु भएको छ । सुनसरीको श्रीलंका टापुबाट सुरु भएको चलचित्रको छायांकन उक्त स्थानमा एक हप्तासम्म चल्नेछ ।
बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा हुनेछ । चलचित्रको छायांकन ७० दिनसम्म चल्ने सेड्युल रहेको छ । परिच्छेद सेनले निर्देशन गरिरहेको ‘महाराजधिराज’लाई नबराज थापाले खिचिरहेका छन् । ‘महाराजधिराज’ सोसल पिरयड ड्रामा रहेको निर्देशक सेनले बताएका छन् ।
चलचित्रमा कलाकारहरू आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि.सी., सुशील सिटौला छन् । ठूलो संख्यामा कलाकार रहेको यो चलचित्रमा हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटाको पनि अभिनय रहनेछन् ।
८० जना कलाकार रहने यो सिनेमामा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत कलाकारको अभिनय रहनेछ । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।
‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।
ताजा
युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण : मिश्र
२०८३ जेष्ठ ७ गते, बिहीबार
युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण : मिश्र
२०८३ जेष्ठ ७ गते, बिहीबार
स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ
२०८३ जेष्ठ ७ गते, बिहीबार
श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु
२०८३ जेष्ठ ७ गते, बिहीबार
हर्कराज राईले मागे प्रधानमन्त्रीको राजीनामा
२०८३ जेष्ठ ७ गते, बिहीबार
तारकेश्वरको तिनपिप्लेमा चल्यो डोजर
२०८३ जेष्ठ ७ गते, बिहीबार
कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता
२०८३ जेष्ठ ७ गते, बिहीबार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





