गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

काठमाडौं, वैशाख २७ । गायक कुमार पौडेलको बिल्कुलै नयाँ गित ‘युपी बिहार’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

‘युपी बिहार’ बोलको यस गितमा अहिलेको चर्चित गायिका शान्ति श्री परियार र गायक कुमार पौडेलको स्वर सुन्न सकिन्छ । यस गितको भिडियो केही दिनअघि मात्र सार्बजनिक गरिएको हो । यो गितले दर्शकको मन जित्न सफल भएको बताइएको छ । दर्शक र श्रोताको मन जित्नेगरी आफूले गित सार्वजनिक गरेको पनि पौडेलले बताए । गायिका शान्ति श्री परियारसँगको यो पहिलो सहकार्य भएको गायक पौडेल बताउँछन् ।

यस गितमा शब्द र संगीत गितकार÷संगीतकार रमेश परियारको रहेको छ । ओजन स्टुडियोमा रेकर्ड भएको यस गितको अरेन्ज बिश्वाश नेपालले गरेका हुन् भनें ध्वनि सम्पादन बिनोद परियारले नै गरेका छन् । भारतको आसाममा जन्मिएका गायक पौडेलका दर्जन बढी गितहरु बजारमा सार्बजनिक भईसकेका छन् । बाल्यकालको पढाइलेखाई उदयपुरमा सकेका गायक पौडेल नेपाल सरकारको प्राविधिकअन्तर्गत राष्ट्रिय खेलकुद परिषद्का टेबुलटेनिस प्रशिक्षक पनि हुन् ।

उनले अष्ट्रेलिया, जापान, मलेशिया, कतारलगायतका देशको भ्रमणसमेत गरिसकेका छन् । उनी विभिन्न विधाका गित गाउने भएपछि उनको चर्चा थप चुलिएको छ । करण चैसिरको छायाँकन रहेको म्युजिक भिडियोलाई नबिन घर्ति मगरले भिडियो सम्पादन गरेका हुन् । जसको कोरियोग्राफी तथा निर्देशन मुकेश नेपालीले गरेका हुन् । भिडियोमा सन्तोष दुवाडी, रन्जित पौडेल, नितु परियार, प्रतिक्षा खत्री आदि फिचर्ड भएका छन् । यस गितको म्युजिक भिडियो रन्जित पौडेलको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक भएको छ ।

58 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal