नक्सा रोक्न पुस्तौ–पुस्तालाई पुग्ने प्रस्ताव आए, तर म डगमगाईनः मन्त्री अर्याल

२०७७ पुष ५ गते, आईतवार

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिलाहरुमा क्षमता नै हुदैन भन्नेहरुलाई व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्ने बताउनुभएको छ । काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितीमा ललितपुरमा आयोजना गरिएको एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
सकारात्मक आलोचनाका लागि सधैं तयार हुनुपर्ने भन्दै मन्त्री अर्यालले सकारात्मक आलोचनाले मान्छेलाई सच्याउन मद्दत गर्ने बताउनुभयो । ‘महिलाहरुमा क्षमता नै छैन भन्नेहरुलाई जिम्मेवारीमा रहेका महिलाहरुले व्यवहारबाट कार्यान्वयन गरेर देखानुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘सकारात्मक आलोचनाबाट डराउनुप पर्दैन । यसलाई म सकारात्मक रुपमा नै लिन्छु । सकारात्मक आलोचनाले आफुलाई सच्याउन मद्दत गर्दछ ।’
आफु मन्त्रीको जिम्मेवारीमा आइसकेपछी राज्यबाट दिने सुबिधा श्रीमान र श्रीमती दुवैको नामबाट दिनुपर्छ भन्नेगरी भूमी नीतिमा व्यवस्था गरिएको भन्दै मन्त्री अर्यालले श्रीमान श्रीमती दुवैको नाममा जग्गा हुने व्यवस्था गर्न संयुक्त लालपुर्जाको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै ठाउँमा अनिवार्य हुनेगरी लागु गर्न सकियो भने, सम्पत्तिमाथी महिलाको अधिकार सुनिश्चित हुनेछ । यसले महिलामाथी हुने विभेदलाई न्यूनीकरण गर्न सकिन्छ ।’
अहिलेको जग्गा प्रशासन पारदर्शी र सुशासन भन्ने नाराका साथ आफु अगाडी बढेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको नेपालको जमिन समेटेर नक्सा सार्वजनिक गर्न आफुले निकै ठूलो चुनौतीका पहाडहरु समेत झेल्नुपरेको बताउनुभयो । तर, यो भनेको राष्ट्रका लागि गर्ने महत्वपूर्ण तथा ऐतिहासिक कार्य भएकाले त्यो काम गरेरै छाड्ने हिसाबले अगाडी बढेकाले नेपालले अद्यावधिक नक्सा जारी गर्न सम्भव भएको उहाँले बताउनुभयो ।
नक्सा जारी गर्ने सन्दर्भमा काम गर्दा आफुले निकै ठूलो प्रलोभन र धाकधम्कीको समेत सामना गर्नुपरेको भएपनी त्यसबाट नडराएर अगाडी बढ्दा आज मुलुकले नक्सा प्राप्त गरेको र अब जमिन पनि प्राप्त गर्ने बताउनुभयो । ‘नेपालको भुगोल समेटिएको नक्सा हामीसँग थिएन र यो निकै चुनौतीपूर्ण थियो । यो निकै चुनोैतीपुर्ण कुरा थियो । मैले खुट्टा नटेकौ भन्ने चाहेको भए मेरो जीवनको त कुरा छोडौ मेरा पुस्ता पूस्ताका निम्ती पुग्ने पूस्ताव आएका थिए’, मन्त्री अर्यालले भन्नुभयो, ‘तर म डगमगाईन, कुनैपनि लोभलालच, डरधम्कीबाट नडराएर अगाडी बढे । नडगमगाइकन खुट्टा टेकेर यो आट हामीले गर्नुपर्छ ।’
भूमी व्यवस्था मन्त्रालयलाई विगतमा ‘लो क्वालिटि’को मन्त्रालयका रुपमा बुझिदै आएको भन्दै उहाँले त्यहीबाट सबैभन्दा महत्वपूर्ण र राष्ट्रिय महत्वको काम गर्नूपर्छ भन्ने संकल्प गरेर काम खोजेर आफु अगाडी बढेको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘गर्न सकिने ठाउँ रहेछ, तथ्य प्रमाण रहेछ भनेर अगाडी बढ्यौ । यो त युगसम्म रहने कुरा नेपालको नक्सालाई अद्यावधिक गर्दै विगतमा छुटाईको जमिन सहित समेटेको नक्सा ल्यायौं । यो निकै महत्वपूर्ण कुरा हो ।’
सगरमाथाको उचाई नाप्ने कुरा पनि महत्वपुर्ण कार्य रहेको भन्दै उहाँले यसले राष्ट्रियस्तरमा त्यति चर्चा पाउन नसकेपनी विश्वमा नेपालको सगरमाथाको उचाई बढ्यो भन्ने कुरालाई निकै महत्वका साथ हेरिएको बताउनुभयो ।
आफ्नो कार्यकालमा सुकुम्बासीको समस्या समाधान गर्नुपर्छ भनेर लागेको भन्दै उहाँले वैज्ञानिक भूमी व्यवस्थापनका निम्ती अव्यवस्थित बसोबासीको पनि व्यवस्थापन पहिलो शर्त हो भन्ने मान्यताका साथ भूमीहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनमा सरकार लागेको बताउनुभयो ।
हालसम्म एक हजार बढी सरकारी तथा सार्वजनिक जग्गाको दर्ता बदर गरेर सरकारको नाममा ल्याउन सफल भएको भन्दै मन्त्री अर्यालले पहुँचमा बसेका ठूला मान्छेहरुकै संरक्षणमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण कार्य भएको बताउनुभयो ।

283 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal