‘जीवन रहरमै’ बजारमा
काठमाडौं । सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार नयाँ गीत ‘जीवन रहरमै’ बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच विमोचन गरिएको छ । साहित्य, संगीत र सिर्जनशीलताको संगम बनेको उक्त कार्यक्रमले नेपाल-सिक्किमबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीले बताएका थिए ।
सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रचना रहेको गीतमा चर्चित गायिका अञ्जु पन्तको सुमधुर स्वर रहेको छ । गीतले जीवनका आकांक्षा, अनुभूति र भावनात्मक यात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको आयोजकले जनाएका छन् ।
मिलाप मासिक र साहित्यक पत्रकार संघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टा शर्मालाई सामूहिक अभिनन्दनसमेत गरिएको थियो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिलापका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । प्रमुख अतिथिका रूपमा वरिष्ठ गीतकार चूडामणि देवकोटा रहनुभएको थियो ।
कार्यक्रममा तारेकेश्वर कला प्रतिष्ठान, डिआर म्युजिक क्रियशन र युथ क्रियशनलगायत संस्थाहरूले पनि स्रष्टा शर्मालाई अभिनन्दन गरेका थिए । उहाँलाई प्रमुख अतिथि तथा सभापतिसहित महाकाव्यकार खेमनाथ दाहाल, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ कलाकार उत्तम केसी, रमेश थापा, निर्देशक रामशरण कोइराला, लव प्याकुरेललगायतले फूल, माला, दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गर्नुभएको थियो ।
गणेश सुवेदीले सहजिकरण गर्नुभएको कार्यक्रममा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, प्राडा।गोविन्दमान सिंह कार्की, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ समालोचक प्रमोद प्रधान, महाकाव्यकार खेमनाथ दाहाल, वरिष्ठ कलाकार उत्तम केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समारोहमा स्रष्टा शर्माले आफ्नै गीतसंगीततर्फ सानैदेखिको लगाव रहेको बताउँदै नेपालमा पाएको यो सम्मानले थप जिम्मेवारी थपिएको बताउनुभयो । उहाँलाई काठमाडौंमा बुधबार सगरमाथा म्युजिक अवार्ड पनि प्रदान गरिएको थियो । समापन मन्तव्य दिँदै सभापति लेकालीले नेपाल र सिक्किमबीचको साहित्यिक आदान-प्रदानको महत्त्वलाई उजागर गर्दै यस्ता कार्यक्रमले सिर्जनशील सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
स्रष्टा जीवन शर्माका ४० भन्दा बढी गीत सार्वजनिक भइसकेका छन् भने उहाँका केही उपन्याससमेत पाठकमाझ आइसकेका छन् । कार्यक्रममा साहित्यकार विमल भौकाजी, वुमन्स ऐरा मिडिया ग्रुप अध्यक्ष प्रतिमा राई, निर्देशक माधवराज खरेल, कार्यक्रममा मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, साहित्यकार राधा भण्डारी, रमेश दाहाल, गायक रमेश पाठक, टिका गोपाल फाउण्डेशन अध्यक्ष गीता सिंह, सौन्दर्यविद् टेकराज पाण्डे, वरिष्ठ पत्रकार तलसी गिरी ‘भावुक’ पत्रकार माहासंघ काठमाडौंका सचिव रमेश बोहरा, सुरेन्द्र थापा, मोहमद जलिम, कृष पाण्डे, जीवन शर्माका छोरा निश्चय शर्मालागयत साहित्यिक, सांगीतिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





