‘रोल नं १’ को पहिलो पोस्टर सार्वजनिक
काठमाडौं । चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो ।
आगामी वर्षको जेठ १५ गते -गणतन्त्र दिवस) बाट नेपालभरका हलमा प्रदर्शनमा आउने चलचित्रको निर्माणपक्षले विहीबार चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो । चलचित्र ‘रोल नं. १’का सार्वजनिक दुई पोस्टरले पात्रहरूको परिचयसँगै चलचित्रको मूल मर्म, नेपाली समाजको यथार्थप्रतिको दृष्टिकोणलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । पोस्टरमा प्रयोग गरिएको माटोको रङले भुइँमान्छेको भएको संकेत गरेको छ ।
सार्वजनिक दुई पोस्टरमध्ये एउटामा बाल–कलाकार निर्भिक रेग्मीसँगै चलचित्रका मुख्य पात्र अभिनेता मुकुन भुसाल र अभिनेत्री रेणु योगी ग्रामीण परिवेशको पहिरनमा देखिएका छन् । उनीहरूको भेषभुषाले चलचित्र उनीहरूले जीवन जिउनका लागि गरिरहेको संघर्षलाई चित्रण गरेको छ । अभावमा पनि छोरालाई पढाइरहेको पोस्टरले देखाएको छ ।
पहिलो पोस्टरमा बालकको अनुहारमा देखिएको मन्दमन्द खुसी र पछाडि देखिएको पहाडी भेगको विद्यालयले शिक्षा र ग्रामीण जीवनको कथा सिनेमाले उठान गर्ने प्रस्ट पारेको छ, जुन सिनेमाको टाइटलले पनि बताइसकेको छ । उक्त पोस्टरमा बालकको अनुहारमा निर्दोष मुस्कान छ । उसले स्वीटर र सर्ट लगाएर झोला बोकेको छ, जुन उसको विद्यार्थी परिचय हो । ऊ परिवारको आशाको केन्द्रविन्दु हो भन्ने कुरा यसले प्रस्ट पार्छ । बालकको पछाडि रहेकी आमाले थाप्लोमा कालो कराइ राखेकी छिन् र बुबाले दमाहा बाजा भिरेका छन् । पृष्ठभूमिमा एउटा पहाडी सरकारी विद्यालयको भवन देखिन्छ । टाढा रहेको विद्यालयले शिक्षासम्मको पहुँच अझै पनि ग्रामीण जनताका लागि पहुँच बाहिर रहेको संकेत गर्छ । आमा–बुबाको मैलो लुगा र अनुहारले उनीहरू दिनभर श्रम गरेर छोराको ‘रोल नं १’ को सपना साकार पार्न लागिपरेका छन् भन्ने बुझाउँछ ।
अर्को पोस्टरमा बालक आफ्ना बुबाको पिठ्युँमा टाउको राखेर सुतेको भावनात्मक दृश्य छ । बालकको अनुहारमा देखिएको खुसी र पछाडि देखिएको पहाडी भेग छ । जहाँ, बालकको टाउकोमुनि र उसको बुवाको टाउको माथि कपी छ । यसले विद्यार्थीका लागि आवश्यक पठन सामग्री ग्रामीण विद्यार्थी र अभिभावको शिक्षाको सपनाको बाधक बनिरहेका छन् भन्ने संकेत गरिरहेको छ । पठन सामग्री जुटाउन ग्रामीण अभिभावकलाई कति कठिन छ भन्ने यो पोस्टरको देखाउने प्रयास गरेको छ । यो कपीले बालकको सपना र बुबाको जिम्मेवारीलाई जोडेको छ ।
बुबाको पिठ्युँलाई यहाँ केवल शारीरिक सहाराका रूपमा मात्र होइन, बालकको भविष्यको आधारशिलाका रूपमा प्रस्तुत गरिएको छ । बुबाको थकित अनुहार र आँखामा देखिएको संघर्षले सन्तानलाई पढाउन एक अभिभावकले गर्ने त्यागलाई झल्काउँछ । बाको आँखामा थकाइ र केही हदसम्म डर देखिन्छ । आफ्नो सन्तानको भविष्य सुनिश्चित गर्न सक्छु कि सक्दिन भन्ने चिन्ता बुबाको आंखामा देखिन्छ । तर, बालकको शान्त मुद्राले बुबाप्रतिको पूर्ण भरोसालाई दर्शाउँछ ।
चलचित्रको ट्यागलाइन ‘हरेक विद्यार्थीको कथा’ राखिएको छ, जसले यो सिनेमा विद्यार्थी जीवन, विद्यालयको संघर्ष र शैक्षिक सपनामा केन्द्रित रहेको प्रस्ट पार्छ । नेपालका आम गाउँका विद्यार्थीहरूको साझा भोगाइ हो भन्ने दाबी गर्छ । चलचित्रको शीर्षक ‘रोल नं १’ ले प्रतिस्पर्धाको कुरा गर्छ, तर पोस्टरले त्यो ‘१’ अंक हासिल गर्न एउटा निम्मवर्गीय परिवारले कति ठूलो मूल्य चुकाउनुपर्छ भन्ने देखाउँछ ।
गत वर्ष सार्वजनिक गरिएको चलचित्रको फर्स्टलुक पोस्टरमा एउटा बालकले कक्षाकोठामा हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको दृश्यले पनि धेरैको ध्यान खिचेको थियो । बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको ‘पूर्ण बहादुरको सारङ्गी’को टिमले बनाएको सिनेमा भएकाले र पोस्टरमा देखिएको ‘इमोसनल टोन’ले दर्शकलाई चलचित्रप्रति भावनात्मक रूपमा पहिल्यै जोड्ने निश्चित छ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । विनोद पौडेल र जान्वी पौडेल निर्मातामा रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।
यस चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिव राम श्रेष्ठ रहेका छन् । चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।
निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने छ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





