निफमा ‘रसियन फिल्म डेज’ को उद्घाटन
काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव -निफ) अन्तर्गत रसियन फिल्म डेजको औपचारिक उद्घाटन भएको छ ।
कमलपोखरीस्थित रसियन हाउसमा शुक्रबार बिहान विशेष अतिथि नेपालका लागि रसियन मिनिस्टर काउन्सिलर चार्ज डी अफेयर्स रिनचिन सक्साएब र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेको उपस्थितिमा उद्घाटन कार्यक्रम भएको हो ।
रसियन मिनिस्टर काउन्सिलर चार्ज डी अफेयर्स सक्साएब शुभकामना मन्तव्य दिँदै समाजमा चलिचत्रको प्रभाव विशेष रहने र चलिचत्र उद्योग बीचका व्यक्तिहरूबीच पनि सद्भाव कायम राख्न जोड दिए । यसका लागि रसियन फिल्म डेजले निरन्तर प्रयास गर्दै आएको उनले बताए । उनले निफ नवौं संस्करणको उद्घाटन कार्यक्रम नेपालको पहिलो रङ्गिन फिल्म ‘कुमारी’का निर्देशक, नायिका र छायाकारसँग भेटेर विशेष अनुभव बटुलेकोसमेत सेयर गरे ।
नेपाल र रूसको मित्रता भएको ७० वर्षको अवसरमा पारेर निफसँग रसियन फिल्म डेजले गरेको सहकार्यले विशेष अर्थ राख्ने ललितकलाका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले बताए ।
उनले यस कार्यक्रमलाई सफलताको शुभकामना दिए । कार्यक्रमका दुई सभाध्यक्ष मध्येकी अनास्थासिया खक्खलोभाले निफ र रसियन हाउसको सहकार्यमा भइरहेको चलचित्र महोत्सवको तथा रसियन हाउसमै निफ अन्तर्गत भइरहेको एआई फिल्म वर्कसपमा सहभागी हुन सम्पूर्णमा आग्रह गरिन् ।
यस कार्यक्रमका सभाध्यक्ष समेत रहेका निफका अध्यक्ष केपी पाठकले स्वागत मन्तव्य दिँदै निफ र रसियन फिल्म डेजको सहकार्यकले दुई देशको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । फिल्म ‘अगस्ट’ प्रदर्शन गरी यस कार्यक्रमलाई अगाडि बढाइएको छ । यस ऐतिहासिक र थ्रिलर जनरामा बनेको फिल्म ‘अगस्ट’ दोस्रो विश्वको अन्तिमतिरको घटनामा आधारित छ । शत्रुलाई परास्त गर्न युद्धमा अगाडि बढेको सोभियत संघको रेड आर्मीलाई पछाडिबाट हुनसक्ने आक्रमण रोक्न ‘काउन्टर इन्टेलिजेन्स एजेन्सी’ले गरेको संघर्षको घटनामा आधारित रहेर यो फिल्म बनेको छ । इल्या लेबेदेव र निकिता वैसोत्स्कीले यो फिल्म संयुक्तरुपमा निर्देशन गरेका हुन् ।
रसियन फिल्म डेज अन्तर्गत ‘द च्यालेन्ज’, ‘द डिनो प्यामिली’ र ‘अल रङ गर्ल’ पनि प्रदर्शन हुनेछन् । अन्तरिक्षको घटनामा बनेको क्लिम शिपेन्कोद्वारा निर्देशित फिल्म ‘द च्यालेन्ज’ अन्तरिक्षमा छायाङ्नक भएको पहिलो फिल्म हो । एक चिकित्सक अन्तरिक्ष स्टेसनमा पुगेर त्यहाँका बिरामीको शल्यक्रिया गर्नुपर्ने जटिल र साहासिक कथामा यो फिल्म बनेको छ । शून्य गुरुत्वाकर्षणमा गरिने शल्यक्रियाले यो फिल्मलाई रोचक बनाएको छ ।
एडभेन्चर र पारिवारिक जनरामा बनेको फिल्म ‘द डिनो प्यामिली’को निर्देशक म्याक्सिम भोल्कोभ हुन् । एक किशोरी झुक्किएर डाइनोसर युगमा पुगेपछि जीवन रक्षाका लागि भिमकाय जनावरसँग गरेको द्वन्द्वको कथा यस फिल्ममा प्रस्तुत गरिएको छ ।
इभानोभा लेक्जान्ड्राद्वारा निर्देशित ‘अल रङ गर्ल’ले ‘बुलिङ’को मुद्दा उठान गरेको छ । १० कक्षामा पढ्ने किशोरी मोटोपनका कारण आफ्नो एकतर्फी प्रेमीका अगाडि अपमानित भएपछि उनले गर्ने विद्रोहको कथा फिल्ममा समेटिएको छ । यी फिल्महरू रसियन हाउसमा निशुल्क हेर्न पाइनेछ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





