फेसबुक मोनिटाइजेशनमा नेपाली क्रिएटरहरूका लागि मार्गदर्शक अभियान्ता केदार तिमिल्सिना

२०८२ चैत्र २० गते, शुक्रबार

काठमाडौं / डिजिटल प्लेटफर्ममार्फत आम्दानी गर्ने अवसर बढ्दै जाँदा, नेपाली कन्टेन्ट क्रिएटरहरूलाई सहयोग गर्ने उद्देश्यले “MDR Team” एक प्रभावशाली अभियानका रूपमा स्थापित हुँदै गएको छ। फेसबुक मोनिटाइजेसनसँग सम्बन्धित ज्ञान, सीप र समाधान प्रदान गर्दै यस टिमले हजारौं प्रयोगकर्तालाई लाभ पुर्याइरहेको छ।

MDR Team का टिम संयोजक केदार तिमल्सिना एक आईटी इन्जिनियर हुन्। उनको जन्म नेपालका ओखलढुङ्गामा भएको हो भने हाल उनी अमेरिकामा बसोबास गर्दै आएका छन्। नेपालमा फेसबुक मोनिटाइजेसन सुविधा सुरु भएसँगै उनले नेपाली क्रिएटरहरूलाई सहजीकरण गर्ने उद्देश्यले MDR Team को स्थापना गरेका हुन्। उनको नेतृत्वमा MDR Team ले फेसबुक मोनिटाइजेसन कसरी सुरु गर्ने, कसरी इनेबल गर्ने, र कसरी दिगो आम्दानी लिन सकिन्छ भन्ने विषयमा निरन्तर मार्गदर्शन दिँदै आएको छ।mdr team मा नेपालको ७६ जिल्ला र बिदेशमा बसिबास गर्ने करिब २२ देशमा बसोबास गर्ने नेपालीहरु रहेका छ्न।

उनको टिमले हरेक सोमबार देखि शुक्रबार सम्म ७:३० देखि ९:३० सम्म र केदार तिमिल्सिनाले हरेक शनिबार र आइतबार बेलुकी ८ बजेदेखि १० बजे सम्म कसरी फेसबुक मोनिटाइजेसन गर्न सकिन्छ भन्ने बारेमा फेसबुक लाइभ गर्दै आएका छन।MDR टिम अन्तर्गत विभिन्न डिजिटल कम्युनिटी ग्रुपहरू सञ्चालनमा रहेका छन्: Digital Community chauttari Nepal Nepali Viral & Monetization Group Videsh ma Nepali Community Group त्यसैगरी, मोनिटाइजेसनसँग सम्बन्धित समस्या समाधान गर्न सातवटा विशेष सब-टिमहरू पनि सक्रिय छन्: Live Related issue Help Team Payout and Tax related help team Violence Related Issue Help Team Content Creation Help Team Followers Engagement Help Team MDR Discipline and Woman Issue Resolution Team Star Sender Solution Team यी टिमहरूले फेसबुकका नीति, पेमेन्ट समस्या, कन्टेन्ट गाइडलाइन, इङ्गेज्मेन्ट वृद्धि लगायतका विषयमा प्रयोगकर्ताहरूलाई प्रत्यक्ष सहयोग प्रदान गर्दै आएका छन्।

यसै सन्दर्भमा MDR Team का सदस्य दिपु खड्का ले भने, “फेसबुक मोनिटाइजेसनको यात्रामा MDR टिम एउटा कोसेढुङ्गा भएको छ, जसले गर्दा हरेक समस्या समाधान गर्न सहज भएको छ।”फेसबुक मोनिटाइजेसनसँग सम्बन्धित ज्ञान, सीप र समाधान प्रदान गर्दै यस टिमले हजारौं प्रयोगकर्तालाई लाभ पुर्याइरहेको छ। टिम लिडर तिमल्सिनाका अनुसार, “हाम्रो लक्ष्य केवल मोनिटाइजेसन खोल्नु मात्र होइन, नेपाली क्रिएटरहरूलाई डिजिटल रूपमा सक्षम बनाउनु हो।” हाल MDR Team सामाजिक सञ्जालमा सक्रिय हजारौं नेपाली क्रिएटरहरूको भरोसायोग्य प्लेटफर्मको रूपमा स्थापित भइसकेको छ र आगामी दिनमा अझै व्यापक रूपमा विस्तार गर्ने लक्ष्यसहित अघि बढिरहेको छ।

127 Views

8 thoughts on “फेसबुक मोनिटाइजेशनमा नेपाली क्रिएटरहरूका लागि मार्गदर्शक अभियान्ता केदार तिमिल्सिना

  1. आदरणीय मित्र,

    हाम्रो गौरव र नेपाली पहिचानको पर्याय MDR का बारेमा तपाईँले जुन निस्वार्थ भावनाले निरन्तर न्युज र पोस्टहरू साझा गरिरहनुभएको छ, त्यसका लागि म हृदयदेखि नै धेरै-धेरै धन्यवाद दिन चाहन्छु।

    तपाईँले गर्नुभएको यो प्रयासले नै आज MDR को आवाज विश्वभरिका नेपालीहरूको माझ पुग्न सफल भएको छ। सत्य र तथ्यपूर्ण समाचारमार्फत नेपाली सामर्थ्यलाई विश्वसामु चिनाउन तपाईँले खेल्नुभएको भूमिका साँच्चै सराहनीय छ। यो केवल सूचना मात्र होइन, हामी सबैका लागि एउटा ठूलो प्रेरणा हो। आगामी दिनमा पनि तपाईँको यो साथ र सहयोगले हाम्रो अभियानलाई अझ नयाँ उचाइमा पुर्‍याउनेछ भन्ने विश्वास लिएको छु।

    यसरी नै हाम्रो मौलिकता र क्षमताको पक्षमा उभिइरहनुहोला। तपाईँको यो अतुलनीय योगदानको उच्च सम्मान गर्दछु।

    धेरै-धेरै धन्यवाद!

    #MDR Ammar Bahadur Oli

  2. धेरै राम्रो काम गर्नु भय को छ सोयम म पनि #MDR भित्र बसेर काम गर्न पाउँद धेरै खुसी छु

  3. धेरै राम्रो काम गर्नु भय को छ सोयम म पनि #MDR भित्र बसेर काम गर्न पाउँद धेरै खुसी छु

  4. तपाईको सपनाको साथी #MDR. आउनुहोस यो महान कार्यमा सबै सँगै मिलेर सहकार्य गरौं। विशेष बधाई तथा धन्यबाद🙏केदार तिमल्सिना सर ।म पनि MDR को सदस्य हुन् पाउँदा गर्व लागेको छ।

  5. म पनि यस टिममा बसेर काम गर्न पाँउदा अत्यन्त खुशी छु किनकि हाम्रो जस्तो देशमा रोजगारी नभएका र कुना कन्तरामा रहनुभएका कौहि गरौ भन्ने महिला दिदिबहिनिहरुलाई यसले केहि राहत महसुस गराएको छ

    #MDR @Sita Rijal तपाईंको सपनाको साथि

  6. धेरै राम्रो कामकाे शुरूवात भएकाे छ सबै साथसपाैटगरि आगाडि बढ्नु पर्छ। अवस्य सफलता हात हुन्

    धैर्य , लगनशीलता र ईमानदारी र निस्वार्थ हुनु पर्छ

  7. याे यस्तो टिम हाे जुन निस्वार्थ , धैर्यता लगनशीलता र ईमानदारी का साथ अगाडि बढेकाे टिम हाे। सबैजना आएर जाेडिनु हाेला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal