फेसबुक मोनिटाइजेशनमा नेपाली क्रिएटरहरूका लागि मार्गदर्शक अभियान्ता केदार तिमिल्सिना

२०८२ चैत्र २० गते, शुक्रबार

काठमाडौं / डिजिटल प्लेटफर्ममार्फत आम्दानी गर्ने अवसर बढ्दै जाँदा, नेपाली कन्टेन्ट क्रिएटरहरूलाई सहयोग गर्ने उद्देश्यले “MDR Team” एक प्रभावशाली अभियानका रूपमा स्थापित हुँदै गएको छ। फेसबुक मोनिटाइजेसनसँग सम्बन्धित ज्ञान, सीप र समाधान प्रदान गर्दै यस टिमले हजारौं प्रयोगकर्तालाई लाभ पुर्‍याइरहेको छ।

MDR Team का टिम संयोजक केदार तिमल्सिना एक आईटी इन्जिनियर हुन्। उनको जन्म नेपालका ओखलढुङ्गामा भएको हो भने हाल उनी अमेरिकामा बसोबास गर्दै आएका छन्। नेपालमा फेसबुक मोनिटाइजेसन सुविधा सुरु भएसँगै उनले नेपाली क्रिएटरहरूलाई सहजीकरण गर्ने उद्देश्यले MDR Team को स्थापना गरेका हुन्। उनको नेतृत्वमा MDR Team ले फेसबुक मोनिटाइजेसन कसरी सुरु गर्ने, कसरी इनेबल गर्ने, र कसरी दिगो आम्दानी लिन सकिन्छ भन्ने विषयमा निरन्तर मार्गदर्शन दिँदै आएको छ।mdr team मा नेपालको ७६ जिल्ला र बिदेशमा बसिबास गर्ने करिब २२ देशमा बसोबास गर्ने नेपालीहरु रहेका छ्न।

उनको टिमले हरेक सोमबार देखि शुक्रबार सम्म ७:३० देखि ९:३० सम्म र केदार तिमिल्सिनाले हरेक शनिबार र आइतबार बेलुकी ८ बजेदेखि १० बजे सम्म कसरी फेसबुक मोनिटाइजेसन गर्न सकिन्छ भन्ने बारेमा फेसबुक लाइभ गर्दै आएका छन।MDR टिम अन्तर्गत विभिन्न डिजिटल कम्युनिटी ग्रुपहरू सञ्चालनमा रहेका छन्: Digital Community chauttari Nepal Nepali Viral & Monetization Group Videsh ma Nepali Community Group त्यसैगरी, मोनिटाइजेसनसँग सम्बन्धित समस्या समाधान गर्न सातवटा विशेष सब-टिमहरू पनि सक्रिय छन्: Live Related issue Help Team Payout and Tax related help team Violence Related Issue Help Team Content Creation Help Team Followers Engagement Help Team MDR Discipline and Woman Issue Resolution Team Star Sender Solution Team यी टिमहरूले फेसबुकका नीति, पेमेन्ट समस्या, कन्टेन्ट गाइडलाइन, इङ्गेज्मेन्ट वृद्धि लगायतका विषयमा प्रयोगकर्ताहरूलाई प्रत्यक्ष सहयोग प्रदान गर्दै आएका छन्।

यसै सन्दर्भमा MDR Team का सदस्य दिपु खड्का ले भने, “फेसबुक मोनिटाइजेसनको यात्रामा MDR टिम एउटा कोसेढुङ्गा भएको छ, जसले गर्दा हरेक समस्या समाधान गर्न सहज भएको छ।”फेसबुक मोनिटाइजेसनसँग सम्बन्धित ज्ञान, सीप र समाधान प्रदान गर्दै यस टिमले हजारौं प्रयोगकर्तालाई लाभ पुर्‍याइरहेको छ। टिम लिडर तिमल्सिनाका अनुसार, “हाम्रो लक्ष्य केवल मोनिटाइजेसन खोल्नु मात्र होइन, नेपाली क्रिएटरहरूलाई डिजिटल रूपमा सक्षम बनाउनु हो।” हाल MDR Team सामाजिक सञ्जालमा सक्रिय हजारौं नेपाली क्रिएटरहरूको भरोसायोग्य प्लेटफर्मको रूपमा स्थापित भइसकेको छ र आगामी दिनमा अझै व्यापक रूपमा विस्तार गर्ने लक्ष्यसहित अघि बढिरहेको छ।

201 Views

8 thoughts on “फेसबुक मोनिटाइजेशनमा नेपाली क्रिएटरहरूका लागि मार्गदर्शक अभियान्ता केदार तिमिल्सिना”

  1. आदरणीय मित्र,

    हाम्रो गौरव र नेपाली पहिचानको पर्याय MDR का बारेमा तपाईँले जुन निस्वार्थ भावनाले निरन्तर न्युज र पोस्टहरू साझा गरिरहनुभएको छ, त्यसका लागि म हृदयदेखि नै धेरै-धेरै धन्यवाद दिन चाहन्छु।

    तपाईँले गर्नुभएको यो प्रयासले नै आज MDR को आवाज विश्वभरिका नेपालीहरूको माझ पुग्न सफल भएको छ। सत्य र तथ्यपूर्ण समाचारमार्फत नेपाली सामर्थ्यलाई विश्वसामु चिनाउन तपाईँले खेल्नुभएको भूमिका साँच्चै सराहनीय छ। यो केवल सूचना मात्र होइन, हामी सबैका लागि एउटा ठूलो प्रेरणा हो। आगामी दिनमा पनि तपाईँको यो साथ र सहयोगले हाम्रो अभियानलाई अझ नयाँ उचाइमा पुर्‍याउनेछ भन्ने विश्वास लिएको छु।

    यसरी नै हाम्रो मौलिकता र क्षमताको पक्षमा उभिइरहनुहोला। तपाईँको यो अतुलनीय योगदानको उच्च सम्मान गर्दछु।

    धेरै-धेरै धन्यवाद!

    #MDR Ammar Bahadur Oli

  2. धेरै राम्रो काम गर्नु भय को छ सोयम म पनि #MDR भित्र बसेर काम गर्न पाउँद धेरै खुसी छु

  3. धेरै राम्रो काम गर्नु भय को छ सोयम म पनि #MDR भित्र बसेर काम गर्न पाउँद धेरै खुसी छु

  4. तपाईको सपनाको साथी #MDR. आउनुहोस यो महान कार्यमा सबै सँगै मिलेर सहकार्य गरौं। विशेष बधाई तथा धन्यबाद🙏केदार तिमल्सिना सर ।म पनि MDR को सदस्य हुन् पाउँदा गर्व लागेको छ।

  5. म पनि यस टिममा बसेर काम गर्न पाँउदा अत्यन्त खुशी छु किनकि हाम्रो जस्तो देशमा रोजगारी नभएका र कुना कन्तरामा रहनुभएका कौहि गरौ भन्ने महिला दिदिबहिनिहरुलाई यसले केहि राहत महसुस गराएको छ

    #MDR @Sita Rijal तपाईंको सपनाको साथि

  6. धेरै राम्रो कामकाे शुरूवात भएकाे छ सबै साथसपाैटगरि आगाडि बढ्नु पर्छ। अवस्य सफलता हात हुन्

    धैर्य , लगनशीलता र ईमानदारी र निस्वार्थ हुनु पर्छ

  7. याे यस्तो टिम हाे जुन निस्वार्थ , धैर्यता लगनशीलता र ईमानदारी का साथ अगाडि बढेकाे टिम हाे। सबैजना आएर जाेडिनु हाेला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal