पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता: वार्षिक उत्सवमा समीक्षा र भावी योजना प्रस्तुत
दीक्षा फाउन्डेशनको वार्षिक भेटघाट कार्यक्रम आइतबार काठमाडौंको वालुवाटारमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष शोश्रीन शर्माको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा समाज कल्याण परिषद्का कार्यकारी सदस्य दिनेश राज सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा ‘वर्ल्ड वाइड गोट प्रोजेक्ट नेपाल’ (WWGPN) का संस्थापक ड्यानियल लि लेनी र इसिमोड (ICIMOD) का प्रतिनिधि किलियन उइवर लगायत विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रबुद्ध महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाका प्रतिनिधि माधब कुमार धमलाले उपस्थित सम्पूर्ण महानुभावहरूलाई मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो।
सो अवसरमा संस्थाकी प्रतिनिधि आश्मा के.सी. ले यो वर्ष २०८२ सालमा धादिङ, काभ्रे, काठमाडौं, गोरखा र तनहुँ लगायतका जिल्लाहरूमा सञ्चालन गरिएका विभिन्न सामाजिक गतिविधिहरूका बारेमा विस्तृत जानकारी गराउनुभयो। संस्थाले विगत लामो समयदेखि सहयोग गर्दै आएका विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै सन्तोषी थापाले दीक्षा फाउन्डेशनसँगको आफ्नो अनुभव र संस्थाले शैक्षिक यात्रामा पुर्याएको सहयोगका बारेमा चर्चा गर्नुभएको थियो। कार्यक्रमको विशेष क्षणमा विगत ३ दशकदेखि नेपाल र नेपाली कृषक तथा समुदायमा पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै ड्यानियल लि लेनीलाई कदर पत्रसहित विशेष सम्मान गरिएको थियो। उहाँले यस संस्थाका विभिन्न कार्यक्रमहरूमा समेत महत्त्वपूर्ण सहयोग पुर्याउँदै आउनुभएको छ।
विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले आफ्नो मन्तव्यमार्फत संस्थालाई बधाई तथा शुभकामना दिएको उक्त कार्यक्रममा प्रमुख अतिथि दिनेश राज सापकोटाले धन्यवाद एवं शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा सभापति एवं संस्थाका अध्यक्ष शोश्रीन शर्माले उपस्थित सम्पूर्णमा आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएको थियो। संस्थाका सचिव सन्तोष धमलाले कार्यक्रमका बारेमा मिडियालाई जानकारी गराउनुभएको थियो।
ताजा
भाइरल ७ तल्ले भवनमा चल्यो डोजर
२०८३ बैशाख २० गते, आईतवार
भाइरल ७ तल्ले भवनमा चल्यो डोजर
२०८३ बैशाख २० गते, आईतवार
सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने
२०८३ बैशाख २० गते, आईतवार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





