आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने

२०८२ फाल्गुन २९ गते, शुक्रबार

काठमाडौं । पश्चिम एसियामा उत्पन्न युद्धले पारेको प्रभावले नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएको छ। डेढ महिनादेखि नै सहज ग्यास नपाएका उपभोक्ताले पछिल्लो उत्पन्न परिस्थितिले अभाव झनै चुलिएको हो। सर्वसाधारण उपभोक्ता अहिले एउटा एलपी ग्यास खरिद गर्नका लागि ग्यास उद्योगमै लाम लाग्न जान थालेका छन्।

ग्यासको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थापन गर्न नसकेको आरोप खेप्दै आएको नेपाल आयाल निगमले ग्यासको तत्कालको अभाव हुन नदिनका लागि आधा सिलिन्डर दिएर केही हदसम्म अभाव कम गर्ने तयारी थालेको जनाएको छ।

भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएपछि निगमले शुव्रmबारदेखि नै आधा सिलिन्डर (७.१ केजी) मात्रै भरेर बिक्री गर्ने जानकारी गराएको हो।

नेपाल आयल निगमका अनुसार हाल देशभर करिब एक करोड ५० लाख ग्यास सिलिन्डर छन् । हाल १४.२ केजीको सिलिन्डर बिक्री हुँदै आएको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बजारमा अहिले आपूर्तिमा कुनै समस्या नभए पनि उपभोक्ताले अनावश्यक स्टक गर्दा अभाव देखिएकाले यो पनि नहोस् भनेर आधा सिलिन्डर दिने व्यवस्था गरेको जानकारी दिए।

उनका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, निगम र अन्य सम्बन्धित निकायसँगको समन्वयमा सञ्चालक समितिले यसबारे निर्णय गरेको हो। आधा सिलिन्डर मात्रै भरेर बजारमा पठाउँदा उपभोक्ताले साबिकको मूल्यभन्दा आधा मात्रै भुक्तानी गरे पुग्छ।

यसअघि ग्यास अभावको पछिल्लो परिस्थिति र यसको समाधान गर्न बिहीबार नै सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको अध्यक्षतामा नेपाल आयाल निगम र सरोकारवाला निकायबिच भएको छलफलमा आधा सिलिन्डरको व्यवस्थाबारे छलफल गरिएको थियो।

सामान्य समयकै अनुपातमा ग्यास आयात भइरहेको भए पनि बजारमा अभाव बढ्दै गएको देखिएकाले यो समस्या समाधान गर्न आधा सिलिन्डरको व्यवस्था गर्ने गरी छलफल भएको जनाइएको छ।

80 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal