आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने
काठमाडौं । पश्चिम एसियामा उत्पन्न युद्धले पारेको प्रभावले नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएको छ। डेढ महिनादेखि नै सहज ग्यास नपाएका उपभोक्ताले पछिल्लो उत्पन्न परिस्थितिले अभाव झनै चुलिएको हो। सर्वसाधारण उपभोक्ता अहिले एउटा एलपी ग्यास खरिद गर्नका लागि ग्यास उद्योगमै लाम लाग्न जान थालेका छन्।
ग्यासको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थापन गर्न नसकेको आरोप खेप्दै आएको नेपाल आयाल निगमले ग्यासको तत्कालको अभाव हुन नदिनका लागि आधा सिलिन्डर दिएर केही हदसम्म अभाव कम गर्ने तयारी थालेको जनाएको छ।
भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएपछि निगमले शुव्रmबारदेखि नै आधा सिलिन्डर (७.१ केजी) मात्रै भरेर बिक्री गर्ने जानकारी गराएको हो।
नेपाल आयल निगमका अनुसार हाल देशभर करिब एक करोड ५० लाख ग्यास सिलिन्डर छन् । हाल १४.२ केजीको सिलिन्डर बिक्री हुँदै आएको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बजारमा अहिले आपूर्तिमा कुनै समस्या नभए पनि उपभोक्ताले अनावश्यक स्टक गर्दा अभाव देखिएकाले यो पनि नहोस् भनेर आधा सिलिन्डर दिने व्यवस्था गरेको जानकारी दिए।
उनका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, निगम र अन्य सम्बन्धित निकायसँगको समन्वयमा सञ्चालक समितिले यसबारे निर्णय गरेको हो। आधा सिलिन्डर मात्रै भरेर बजारमा पठाउँदा उपभोक्ताले साबिकको मूल्यभन्दा आधा मात्रै भुक्तानी गरे पुग्छ।
यसअघि ग्यास अभावको पछिल्लो परिस्थिति र यसको समाधान गर्न बिहीबार नै सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको अध्यक्षतामा नेपाल आयाल निगम र सरोकारवाला निकायबिच भएको छलफलमा आधा सिलिन्डरको व्यवस्थाबारे छलफल गरिएको थियो।
सामान्य समयकै अनुपातमा ग्यास आयात भइरहेको भए पनि बजारमा अभाव बढ्दै गएको देखिएकाले यो समस्या समाधान गर्न आधा सिलिन्डरको व्यवस्था गर्ने गरी छलफल भएको जनाइएको छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





