बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण
मोरङ । बेलबारीका स्रष्टा नवराज पोखरेल ‘नवशिला’ को तेस्रो कृति ‘सिलसिला’ (मुक्तकसङ्ग्रह) को बेलबारीमा लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारीमा उक्त कृतिको लोकार्पण गरिएको हो ।
बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा बिहीबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा।डा। भीम खतिवडा, कार्यक्रमका सभाध्यक्ष कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, कवि तथा समालोचक डा। दीपकप्रसाद न्यौपाने, बेलबारीका अग्रज स्रष्टा, उपद्रष्टा हर्कमान तामाङ, लेखक नवशिला तथा उनका पिता लक्ष्मीप्रसाद पोखरेल र माता दुर्गादेवी पोखरेलको संयुक्त बाहुलीबाट कृतिको लोकार्पण गरिएको थियो ।
लोकार्पित कृतिको समीक्षा डा। दीपकप्रसाद न्यौपानेले गरेका थिए । महेन्द्र बहुमुखी क्याम्पस, धरानका नेपाली विभाग प्रमुखसमेत रहेका न्यौपानेले ‘नवशिला’ को ‘सिलसिला’ भित्रका मुक्तकले विविध विषयलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको बताए । समीक्षक न्यौपानेले कृतिमाथिको बृहत् चर्चा गरेका थिए । नयाँ कृतिका लागि बधाई दिँदै कृतिकारलाई आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्न सुझावसमेत दिए । कार्यक्रममा युवा कवि सिजन श्रेष्ठले लेखकको जीवनी तथा व्यक्तित्वको सङ्क्षिप्त परिचय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रा।डा। भीम खतिवडाले कृतिकारको साहित्यिक सक्रियताको खुलेर प्रशंसा गर्दै यसको निरन्तरताको कामनासमेत गरे ।
सभाध्यक्षको मन्तव्य प्रस्तुत गर्दै कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले संस्थाले फरक शैलीबाट कार्यक्रम अघि बढाएको बताए ।
कृतिकार पोखरेलले आफूलाई लेखक बनाउनमा आफ्नी धर्मपत्नी शिला भण्डारीको ठुलो हात रहेको बताए ।
कार्यक्रममा असम नेपाली साहित्य सभा बीटीआर क्षेत्रीय समितिकी सचिव एवम् सिक्किमेली लघुकथा समाजकी एडमिन इन्दिरा गौतम, विराट साहित्य सङ्गम, विराटनगरका अध्यक्ष मधु पोखरेल, हाम्रो लघुकथा नेपालकी एडमिन इन्दिरा चापागाईँलगायतको शुभकामना मन्तव्य रहेको थियो । बोल्ने सबै वक्ताले संस्था तथा कृतिकारलाई बधाई तथा शुभकामना प्रदान गरे ।
कार्यक्रममा डा। नरेन्द्र चापागाईँ साहित्य प्रतिष्ठानका अध्यक्ष, अग्रज स्रष्टा सरला चापागाईँ, विराट साहित्य सङ्गम, विराटनगरका अध्यक्ष मधु पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, लेटाङ साहित्य कला सङ्गमका निवर्तमान अध्यक्ष डिल्लीराम ओझा, विराट मैथिल नाट्य कला परिषद् विराटनगरका अध्यक्ष डोमी कामत, नोबेल साहित्य साकोसका उपाध्यक्ष भूपाल अधिकारीलगायतका स्रष्टाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बाबुराम पोखरेल, नीकिशारानी पोखरेल, एकराज भट्टराई, मन्दिरा चापागाईँ, सुन्दर भट्ट, भूपाल अधिकारी, शिव पराजुली, नानुमाया दाहाललगायतका स्रष्टाले लोकार्पित कृतिभित्रका रचना वाचन गरेका थिए ।
कार्यक्रमको सुरुआतमा साहित्य विभाग सहसंयोजक, लघुकथाकार शारदा दाहालले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कोषाध्यक्ष चिरञ्जीवी काफ्लेको रहेको थियो ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





