बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी

२०८२ फाल्गुन ८ गते, शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । युवराज पौडेल सफलले बालेनविरुद्ध उजुरी हालेका हुन् । उजुरीमा बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप लगाइएको छ ।

उजुरीमा शाहले नागरिकता ऐन, २०६३ विपरित कार्य गरेको दाबी गर्दै उनको नागरिकता खारेज गरी कानुनी कारबाही गर्न माग गरिएको छ। निवेदनमा २०६३ साल पौस ६ गते जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट ५१९२ नम्बरको नागरिकता लिँदा उनको नागरिकतामा थर ‘साह’ उल्लेख गरिएको तर पछि काठमाडौँ महानगरपालिकाको मेयर भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा थर परिवर्तन गरी फरक विवरण उल्लेख गरिएको दाबी गरिएको छ।

उजुरीकर्ताले नागरिकता ऐन, २०६३ को दफा १२ अनुसार कुनै पनि नेपाली नागरिकले झूटो विवरण दिएर नागरिकता लिएको प्रमाणित भएमा त्यस्तो नागरिकता रद्द गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरेका छन्।

निवेदनमा सम्बन्धित कागजातको अनुसन्धान गरी कानुन बमोजिम नागरिकता खारेज गर्न तथा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गर्न माग गरिएको छ।

102 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal