आयुष मगरको ‘कान्छी’ सार्वजनिक (भिडियो)
काठमाडौं — गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको छ। प्रेमिल शैलीको यो गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान तानेको छ।
यसअघि आयुष मगरका चर्चित गीतहरू ‘लैजानेछु तिमीलाई’ र ‘माया पनि बसेकै थियो’ युट्युबको मिलियन क्लबमा प्रवेश गरिसकेका छन्। ती सफल गीतहरूपछि सार्वजनिक भएको ‘कान्छी’ले पनि राम्रो चर्चा बटुलिरहेको छ। गीतको शब्द टेकेश भण्डारीले लेखेका हुन् भने संगीत संयोजन उदय राज पौडेलले गरेका छन्। गीतमा आयुष मगरकै स्वर र संगीत रहेको छ।
गीतको म्युजिक भिडियोमा आयुष मगर र भगिशा मगर मुख्य भूमिकामा देखिएका छन्। साथै भिडियोमा गोविन्द राई, विवेक रोका, कमल बुढाथोकी, सन्तोष बुढा मगर, सरोज बुढा मगर र विजय बुढा मगरको समेत अभिनय रहेको छ।
भिडियोको नृत्य निर्देशन तथा पटकथा गोविन्द राईले सम्हालेका छन्। छायांकन तथा निर्माण एनवाइसी नेपाली लाइफ स्टाइल प्रोडक्सनको ब्यानरमा सम्पन्न गरिएको हो। भिडियोको सम्पादन तथा रङ संयोजन बिजेश पौडेलले गरेका छन् भने पोस्ट–प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको छ।
सांगीतिक रूपमा लोक–आधुनिक स्वाद मिसिएको ‘कान्छी’ले प्रेमभाव र नेपालीपनलाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरेको छ। गायक मगरको युट्युव च्यानल “आयुष मगर” मार्फत सार्वजनिक गरिएको यस गीतले आयुष मगरको सांगीतिक यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थप्ने विश्वास गरिएको छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





