अभिनेता विजय बराल अब नयाँ भूमिका
काठमाडौं । रंगमञ्च र चलचित्रको पर्दामा आफ्नो जीवन्त अभिनयका कारण दर्शकको मन जित्न सफल अभिनेता विजय बराल अब नयाँ भूमिकामा देखिएका छन् । चलचित्रमार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका विजयले ‘विधिको शासन’ बोलको गीत मार्फत गायनमा डेब्यु गरेका हुन् ।
उनको यो डेब्यु केवल मनोरञ्जनका लागि मात्र नभई वर्तमान राजनीतिक व्यवस्था र विसंगति विरुद्धको एउटा बलियो ‘ध्वनि’ का रूपमा आएको छ । शौरभ कार्कीको शब्द रचना र प्रशान्त शिवाकोटीको संगीत रहेको यस गीतले देशको समसामयिक राजनीतिक अवस्थालाई चित्रण गरेको छ । विशेषगरी, भदौ २३ र २४ गते काठमाडौंमा भएको ‘जेनजी’ आन्दोलन र त्यसले उठाएका मुद्दाहरूलाई गीतको मूल मर्म बनाइएको छ ।
देश विकास र समृद्धिका लागि व्यक्ति विशेषको सनक र मनमौजी शैलीभन्दा पनि पद्धति र विधिको शासन अनिवार्य हुने सन्देश गीतले दिएको छ । २०४० सालको जनआन्दोलनदेखि २०६२/६३ को परिवर्तन हुँदै पछिल्लो समयका युवा विद्रोहसम्मका भावनालाई गीतमा समेटिएको छ । आफ्नो पहिलो गायन अनुभवबारे विजय बराल भन्छन्, “मैले गाएको यो पहिलो गीत हो । वास्तवमा म गायक होइन, तर साथीहरूले यस विषयमा तपाईंको स्वर सुहाउँछ, गाउनुपर्छ भनेर हौसला दिनुभयो । साथीहरूको विश्वासलाई आत्मसाथ गर्दै एउटा प्रयास गरेको हुँ ।”
उनले अगाडि थपे, “यो गीत कसैको व्यक्तिगत विरोध वा समर्थनमा होइन । यो त केवल सत्ता र प्रणालीलाई गरिएको एउटा सटायर (व्यङ्ग्य) र खबरदारी हो । देशमा कसरी सुनौला सपनाहरू खरानी भइरहेका छन् र फेरि आशाको दियो कसरी बाल्न सकिन्छ भन्ने यसको मुख्य उद्देश्य हो ।” गीतको अडियो जत्तिकै यसको भिडियो पनि शक्तिशाली बनाइएको छ । मनिष राउतको कन्सेप्टमा तयार पारिएको भिडियोमा नेपालका विभिन्न राजनीतिक क्रान्तिका वास्तविक तस्बिर र फुटेजहरू प्रयोग गरिएको छ ।
२०४० सालका आन्दोलनकारीदेखि २०६२/६३ को दोस्रो जनआन्दोलन र हालैको जेनजी आन्दोलनमा प्रहरीको दमन र युवाहरूको आक्रोशलाई भिडियोमा दुरुस्त उतारिएको छ । यसले गीतलाई एउटा सांगीतिक सिर्जना मात्र नभएर ऐतिहासिक ‘डकुमेन्ट्री’ जस्तो ओजनदार बनाएको छ ।नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकारहरू सामाजिक र राजनीतिक मुद्दामा खुलेर लाग्ने क्रम बढ्दो छ । विजय बरालको यो कदमले पनि कलाकारहरू केवल पर्दाका पात्र मात्र नभई समाजका सचेत नागरिक पनि हुन् भन्ने पुष्टि गरेको छ । ‘विधिको शासन’ ले सुशासन र विकासको पर्खाइमा रहेका आम नेपालीको आवाजलाई प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।
भदौ २४ को आन्दोलनमा घाइते भएका र सहादत प्राप्त गरेका व्यक्तिहरूको सम्मान र बाँकी रहेका मागहरू सम्बोधन हुनुपर्ने कुरामा गीतले जोड दिएको छ । अभिनेता बरालको कामको कुरा गर्दा उनी हालै ब्लकबस्टर निर्देशक सरोज पौडेलको चलचित्र ‘सिन्दुरे जात्रा’मा अनुबन्ध भएका छन् । यसमा विजयको जोडीमा अभिनेत्री अञ्जना बराइली फाइनल भएकी छन् । यी दुवै कलाकारको निर्देशक पौडेलसँग यो दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





