चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक
काठमाडौं । चलचित्र ‘शिवांश’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले हालै युट्युबमार्फत गीत सार्वजनिक गरेको हो ।
‘बैंश भुसुक्कै’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर छ । राजनराज र सरोज रञ्जितकारको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् ।
लोकलयको प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग भएको छ । गाउँबेसीमा प्रयोग हुने मिठासपूर्ण शब्द र लयले गीतलाई क्याची बनाएको छ ।
प्रेमी र प्रेमिकाले एकअर्कालाई गरेको तारिफ गीतमा छ । गीतमा भाग्य, मायामोह, प्रेम, आकर्षणलगायत रहेको छ ।
गीतको भिजुअलमा निर्माणपक्षले मेहनत गरेको छ ।
विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार तेज गरी, बिमला लिम्बू र बारत लिम्बूको अभिनय छ ।
महाशिवरात्रिको छोको पारेर चलचित्र ‘शिवांश’ फागुन १ गते रिलिज हुनेछ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् ।
प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहनेछ । चलचित्रमा बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौराउटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दनको पनि अभिनय रहनेछ ।
चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । सिनेमाको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।
चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ । संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ ।
चलचित्रमा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ भने कोरियो ग्राफर विक्रम चोहान रहनेछन् । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहने चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा प्रतीक चौधरी छन् ।
विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको चलचित्रमा भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा ९गुडरेज पिक्चर्स० छन् । कस्ट्युम कमल मिश्रको छ । एमयूए तुलसा लिम्बू, पोस्टर फोटोग्राफी युवाहाङ राईको छ ।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सरद महतोको डीओपी रहेको चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।
चलचित्र चौतारीले पोस्ट प्रोडक्सन रहेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन) ले गर्नेछ ।
ताजा
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





