नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुदै
नेपालगन्ज । बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुने भएको छ ।
बास नेपालले विगत ५ बर्ष देखि निरन्तर सञ्चालन गर्दै आएको स्लो वाइक प्रतियोगिताको छैठौं श्रृखला कार्तिक २७ गते नेपालगन्जमा हुने भएको हो ।
ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा हुने उक्त प्रतियोगिता नेपालगन्जको न्यूरोडमा सञ्चालन हुनेछ । निर्धारित १०० मिटरको दुरी सबै भन्दा कम समय लगाएर अर्थात सुस्त गतिमा पार गर्ने प्रतियोगि बिजयि हुनेछन् । प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने प्रतियोगिले क्रमशः १५ हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले गर्न लागिएको सो प्रतियोगितामा विभिन्न निकायहरुको सहकार्य रहनेछ ।
प्रतियोगिताबाट पछिल्लो समय युवा पुस्ताहरु तिब्र गतिमा सवारी चलाउदा दैनिक जसो दूर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउँदा दूर्घटना जस्तो भयावह अवस्थाबाट जोगिन सकिन्छ भन्ने कुराको सन्देस प्रवाह गर्ने, हुने अपेक्षा लिईएको छ ।
प्रतियोगितामा प्रतियोगिहरुले अनलाईन तथा कार्यालयमा नै आएर नाम दर्ता गर्न सक्ने गरी ब्यवस्थापन गरिएको छ । सहभागिता जनाएर सवारी दूर्घटना न्यूनीकरणमा एक्येबद्धता जनाउन बासले सबैमा अपिल गरेको छ । प्रतियोगिता कार्तिक २७ गते आईतबार दिउसो १ बजे गर्ने कार्यतालिका रहेको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





