नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुदै

२०८२ पुष २५ गते, शुक्रबार

नेपालगन्ज । बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुने भएको छ ।
बास नेपालले विगत ५ बर्ष देखि निरन्तर सञ्चालन गर्दै आएको स्लो वाइक प्रतियोगिताको छैठौं श्रृखला कार्तिक २७ गते नेपालगन्जमा हुने भएको हो ।

ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा हुने उक्त प्रतियोगिता नेपालगन्जको न्यूरोडमा सञ्चालन हुनेछ । निर्धारित १०० मिटरको दुरी सबै भन्दा कम समय लगाएर अर्थात सुस्त गतिमा पार गर्ने प्रतियोगि बिजयि हुनेछन् । प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने प्रतियोगिले क्रमशः १५ हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले गर्न लागिएको सो प्रतियोगितामा विभिन्न निकायहरुको सहकार्य रहनेछ ।

प्रतियोगिताबाट पछिल्लो समय युवा पुस्ताहरु तिब्र गतिमा सवारी चलाउदा दैनिक जसो दूर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउँदा दूर्घटना जस्तो भयावह अवस्थाबाट जोगिन सकिन्छ भन्ने कुराको सन्देस प्रवाह गर्ने, हुने अपेक्षा लिईएको छ ।

प्रतियोगितामा प्रतियोगिहरुले अनलाईन तथा कार्यालयमा नै आएर नाम दर्ता गर्न सक्ने गरी ब्यवस्थापन गरिएको छ । सहभागिता जनाएर सवारी दूर्घटना न्यूनीकरणमा एक्येबद्धता जनाउन बासले सबैमा अपिल गरेको छ । प्रतियोगिता कार्तिक २७ गते आईतबार दिउसो १ बजे गर्ने कार्यतालिका रहेको छ ।

80 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal