धादिङमा करण तामाङ सम्मानित
धादिङ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति धादिङको ८ औं वार्षिक साधारणसभा साथै वृहत् साँस्कृतिक कार्यक्रमको अवसरमा संघका बागमती प्रदेश सचिव तथा करण ड्रिम्श फाउन्डेसनका सभापति करण तामाङ सहित एक दर्जन बढीलाई सम्मान गरेका छन् ।
थाँक्रे गाउपालिका २ सिम्लेको द क्लिफसाइड रिसोर्ट धादिङमा शनिबार संस्थाको धादिङ जिल्ला अध्यक्ष एवम् लोकप्रिय गायिका रजनी लामाको अध्यक्षता र थाँक्रे गाउपालिका जनप्रतिनिधि गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख सम्बोधनमा सम्पन्न भएको कार्यक्रमका बिच सम्मान गरेको हो । संघका केन्द्रीय अध्यक्ष बहुचर्चित गायक प्रकाश कटुवाल, केन्द्रीय सचिव रुपक परियार, प्रदेश अध्यक्ष दावा फिन्जो तामाङ लगायतलाई सम्मान गरेको बताएको छ । देशको सबै जिल्लामा संघका जिल्ला शाखाहरु विस्तार भैसकेको छ जसमध्ये धादिङले ८ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
बेलायत, दुबई, जापान, कोरिया, मलेसिया, अमेरिक लगायतका देशहरुमा पनि संस्थाको विदेश शाखाहरु विस्तार भैसकेको र उत्कृष्ट कार्यक्रमहरु मार्फत फट्को मार्न सफल देखिन्छ । करण यसै संस्थामा आवद्व रहेको एक दशक नजिक पुगेको देखिन्छ । वि।सं। २०७४ सालमा नुवाकोट जिल्लाको संस्थापक सदस्यका रुपमा आवद्व रहेको थियोे ।
नुवाकोटको नगरपालिका, गाउँपालिका र वडा शाखा विस्तार र गठनमा करणले विशेष भुमिका निर्वाह गर्दै नुवाकोट जिल्ला राष्ट्रिय संगीतकर्मी संघमय बनाएको थियोे । दुई कार्यकाल सचिवमा रहेर प्रभावशाली ढंगले काम गर्दै जिल्लामा सबैको मन जितेसँगै बागमती प्रदेशको सचिवमा उमेदवारी दिएको थियो । बागमती प्रदेशमा पनि निर्वाचित भएर एक कार्यकाल बागमती प्रदेशमा पनि पूरा गरिसकेको छ । उनी नेपाल टेलिभिजनबाट प्रसारण गर्ने टेभिसिरियलहरुमा निर्देशक तथा कलाकारको रुपमा लामो समय काम गरेर अनुभवी कलाकर्मीका रुपमा लिन सकिन्छ । उनले शिक्षा संकायमा स्नातक पूरा गरे पनि हाल आईटी सम्बन्धि कामलाई अघि बढाएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





