धादिङमा करण तामाङ सम्मानित

२०८२ पुष २२ गते, मंगलवार

धादिङ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति धादिङको ८ औं वार्षिक साधारणसभा साथै वृहत् साँस्कृतिक कार्यक्रमको अवसरमा संघका बागमती प्रदेश सचिव तथा करण ड्रिम्श फाउन्डेसनका सभापति करण तामाङ सहित एक दर्जन बढीलाई सम्मान गरेका छन् ।

थाँक्रे गाउपालिका २ सिम्लेको द क्लिफसाइड रिसोर्ट धादिङमा शनिबार संस्थाको धादिङ जिल्ला अध्यक्ष एवम् लोकप्रिय गायिका रजनी लामाको अध्यक्षता र थाँक्रे गाउपालिका जनप्रतिनिधि गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख सम्बोधनमा सम्पन्न भएको कार्यक्रमका बिच सम्मान गरेको हो । संघका केन्द्रीय अध्यक्ष बहुचर्चित गायक प्रकाश कटुवाल, केन्द्रीय सचिव रुपक परियार, प्रदेश अध्यक्ष दावा फिन्जो तामाङ लगायतलाई सम्मान गरेको बताएको छ । देशको सबै जिल्लामा संघका जिल्ला शाखाहरु विस्तार भैसकेको छ जसमध्ये धादिङले ८ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

बेलायत, दुबई, जापान, कोरिया, मलेसिया, अमेरिक लगायतका देशहरुमा पनि संस्थाको विदेश शाखाहरु विस्तार भैसकेको र उत्कृष्ट कार्यक्रमहरु मार्फत फट्को मार्न सफल देखिन्छ । करण यसै संस्थामा आवद्व रहेको एक दशक नजिक पुगेको देखिन्छ । वि।सं। २०७४ सालमा नुवाकोट जिल्लाको संस्थापक सदस्यका रुपमा आवद्व रहेको थियोे ।

नुवाकोटको नगरपालिका, गाउँपालिका र वडा शाखा विस्तार र गठनमा करणले विशेष भुमिका निर्वाह गर्दै नुवाकोट जिल्ला राष्ट्रिय संगीतकर्मी संघमय बनाएको थियोे । दुई कार्यकाल सचिवमा रहेर प्रभावशाली ढंगले काम गर्दै जिल्लामा सबैको मन जितेसँगै बागमती प्रदेशको सचिवमा उमेदवारी दिएको थियो । बागमती प्रदेशमा पनि निर्वाचित भएर एक कार्यकाल बागमती प्रदेशमा पनि पूरा गरिसकेको छ । उनी नेपाल टेलिभिजनबाट प्रसारण गर्ने टेभिसिरियलहरुमा निर्देशक तथा कलाकारको रुपमा लामो समय काम गरेर अनुभवी कलाकर्मीका रुपमा लिन सकिन्छ । उनले शिक्षा संकायमा स्नातक पूरा गरे पनि हाल आईटी सम्बन्धि कामलाई अघि बढाएको छ ।

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal