डा. आरजु राणा कैलाली–५ बाट सिफारिस

२०८२ मंसिर २३ गते, मंगलवार

काठमाडौं ।  यही फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नाम कैलाली–५ बाट सिफारिसमा परेको छ ।

नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले केन्द्रीय सदस्य राणाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

क्षेत्रीय कार्यसमितिले पूर्वमन्त्री राणासँगै डिल्लीराज पन्त, नरनारायण शाह ‘मनु’ र नृपबहादुर ओडको नाम सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप पाठकले जानकारी दिए ।

प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिसमा परेका पन्त विघटित प्रतिनिधिसभाका सदस्य हुन् । उनी गत निर्वाचनमा कैलाली–५ बाट नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै शाह कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री हुन् । उनी कांग्रेस कैलालीका पूर्वसभापति पनि हुन् । ओड कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनी स्थानीय तह निर्वाचन २०७४ मा धनगढी उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए ।

77 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal