‘अभिमन्युः च्याप्टर–१’लाई अस्ट्रेलिया र न्युजिल्यान्डमा ५०० शो
काठमाडौं । चलचित्र ‘अभिमन्युः च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक शो पाएको छ । डिसेम्बर ११ बाट रिलिज हुन लागेको यो चलचित्रले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता पाँचभन्दा धेरै शो पाएको छ ।
“अभिमन्युः च्याप्टर–१ ले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता मात्रै पाँच सयभन्दा धेरै शो पाएको छ,” अभिमन्युका सह–निर्माता रमेश चौलागाईंले भने, “दर्शकको चाप उच्च भएका शो अझे थपिनेछ ।”
‘अभिमन्युः च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा यही बिहीबारबाट प्रदर्शनमा आउँदै छ । “नेपालमा यो चलचित्रले राम्रो रिभ्यू पाएको छ । जनरा सिनेमामा उत्कृष्ट चलचित्र बनेको समीक्षकहरूबाट समीक्षा आएको छ,” सहनिमार्ता चौलागाईंले भने, “यहाँको समीक्षाको प्रभाव डायस्पोरा मार्केटमा देखिने हाम्रो विश्वास छ ।”
फरेन मार्केटमा नेपाली चलचित्रले यति धेरै शो पाउनु आफैँमा खुसीको कुरा भएको उनले बताएका छन् । यसले समग्र नेपाली चलचित्र उद्योगका लागि नै सकारात्मक पक्ष भएको उनको भनाइ छ । सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’ले आज नेपालमा पनि राम्रो दर्शक पाएको छ । गत बिहीबारबाट रिलिज भएको चलचित्रले आज हलले उपलब्ध गराएका शोमा दर्शकको अकुपेन्सी उच्च देखिएको छ ।
अधिकांश समय सस्पेन्स क्रिएट गर्दै ‘अभिमन्यु स् च्याप्टर–१’ मधेसमा समस्याकै रुपमा रहेको दाइजो प्रथाको कथा भन्छ । दोस्रोमा पछिल्लो समय नेपाली समाज कसरी इजी मनिका लागि सहजै अनेक तिकडम गरिरहेको छ, यसलाई देखाउँछ । सस्पेन्स क्रिएट गर्दै समाजको यथार्थ कथा भन्न फिल्म मेकरलाई पनि सहज छैन । तर, दर्शकलाई मजाले होल्ड गरेको स्वयं ‘अभिमन्यु’ हेर्ने दर्शकले बताइरहेका छन् ।
‘अभिमन्यु’ हेर्ने दर्शकले यसको सिक्वेलको माग गरेका छन् । त्यसो त मेकरले सुरुमै च्याप्टर–१ भनेकाले यसको सिक्वेल त पक्कै आउँछ नै होला । दर्शकको मागले मेकरलाई सिक्वेल बनाउन उत्साहित बनाएको छ ।
यो चलचित्रको क्रिएटिभ निर्देशकमा मदन थापा छन् । चलचित्रमा मुकेश खनालको लेखन छ । ‘अभिमन्यु स् च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् । शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





