‘अभिमन्युः च्याप्टर–१’लाई अस्ट्रेलिया र न्युजिल्यान्डमा ५०० शो

२०८२ मंसिर २३ गते, मंगलवार

काठमाडौं । चलचित्र ‘अभिमन्युः च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक शो पाएको छ । डिसेम्बर ११ बाट रिलिज हुन लागेको यो चलचित्रले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता पाँचभन्दा धेरै शो पाएको छ ।

“अभिमन्युः च्याप्टर–१ ले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता मात्रै पाँच सयभन्दा धेरै शो पाएको छ,” अभिमन्युका सह–निर्माता रमेश चौलागाईंले भने, “दर्शकको चाप उच्च भएका शो अझे थपिनेछ ।”

‘अभिमन्युः च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा यही बिहीबारबाट प्रदर्शनमा आउँदै छ । “नेपालमा यो चलचित्रले राम्रो रिभ्यू पाएको छ । जनरा सिनेमामा उत्कृष्ट चलचित्र बनेको समीक्षकहरूबाट समीक्षा आएको छ,” सहनिमार्ता चौलागाईंले भने, “यहाँको समीक्षाको प्रभाव डायस्पोरा मार्केटमा देखिने हाम्रो विश्वास छ ।”

फरेन मार्केटमा नेपाली चलचित्रले यति धेरै शो पाउनु आफैँमा खुसीको कुरा भएको उनले बताएका छन् । यसले समग्र नेपाली चलचित्र उद्योगका लागि नै सकारात्मक पक्ष भएको उनको भनाइ छ । सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’ले आज नेपालमा पनि राम्रो दर्शक पाएको छ । गत बिहीबारबाट रिलिज भएको चलचित्रले आज हलले उपलब्ध गराएका शोमा दर्शकको अकुपेन्सी उच्च देखिएको छ ।

अधिकांश समय सस्पेन्स क्रिएट गर्दै ‘अभिमन्यु स् च्याप्टर–१’ मधेसमा समस्याकै रुपमा रहेको दाइजो प्रथाको कथा भन्छ । दोस्रोमा पछिल्लो समय नेपाली समाज कसरी इजी मनिका लागि सहजै अनेक तिकडम गरिरहेको छ, यसलाई देखाउँछ । सस्पेन्स क्रिएट गर्दै समाजको यथार्थ कथा भन्न फिल्म मेकरलाई पनि सहज छैन । तर, दर्शकलाई मजाले होल्ड गरेको स्वयं ‘अभिमन्यु’ हेर्ने दर्शकले बताइरहेका छन् ।

‘अभिमन्यु’ हेर्ने दर्शकले यसको सिक्वेलको माग गरेका छन् । त्यसो त मेकरले सुरुमै च्याप्टर–१ भनेकाले यसको सिक्वेल त पक्कै आउँछ नै होला । दर्शकको मागले मेकरलाई सिक्वेल बनाउन उत्साहित बनाएको छ ।

यो चलचित्रको क्रिएटिभ निर्देशकमा मदन थापा छन् । चलचित्रमा मुकेश खनालको लेखन छ । ‘अभिमन्यु स् च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् । शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।

102 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal