बर्दियाको राजापुरमा एक युवकको हत्या

२०८२ मंसिर २२ गते, सोमबार

बर्दिया । बर्दियामा एक युवकको हत्या भएको छ । हत्या भएका युवक दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २८ वर्षीय निरज चौधरी छन्। आइतबार बिहान ११ बजे बर्दियाको राजापुर नगरपालिका – ४ स्थित एउटा रेस्टुरेन्टमा हत्या भएको हो।

बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार निरजको गोली हानेर हत्या गरिएको अनुमान छ। घटनापछि उनलाई बाँकेको नेपालगंजस्थित नर्सिंङ होममा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसपछि बल्ल बाँके प्रहरीले घटनाबारे जिल्ला प्रहरी कार्यालय बर्दियालाई खबर गरेको बर्दियाका प्रहरी निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए। हत्या गरिएका चौधरीको गालामा दुई तर्फ गोलीले छेडेको जस्तो खत देखिएको छ। गोली प्रहार भए नभएको यकिन पोस्टमर्टम रिपोर्टपछि खुल्ने इन्स्पेक्टर कार्कीले बताए।

निरज ‘हमार थारु घर एण्ड रेस्टुरेन्ट’को नजिकै पोल्ट्री फार्म संचालन गर्दै आएका थिए। विगतमा ‘हमार थारू घर एण्ड रेस्टुरेन्टका संचालक चौधरी र निरज सँगै बस्थे।

105 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal