बर्दियाको समग्र विकास र सुशासनका लागि घिमिरेद्वारा सरकारलाई कडा सन्देश

२०८२ मंसिर ११ गते, बिहीबार

बर्दिया, गुलरिया । बर्दिया जिल्लाका सुधारवादी राजनीतिक, सामाजिक तथा सञ्चारकर्मी व्यक्तित्व यमनाथ घिमिरेले बर्दियाको समग्र विकास, पारदर्शिता र जनहित सुनिश्चित गर्न तीनै तहका सरकारलाई सार्वजनिक रूपमा ‘जनादेश’ जारी गरेका छन् ।

घिमिरेले नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, संघीय तथा प्रदेश निकाय र स्थानीय प्रशासनलाई सम्बोधन गर्दै प्रशासनिक सुधार, पूर्वाधार विकास र सामाजिक सशक्तिकरणका विषयमा तत्काल कदम चाल्न आग्रह गरेका हुन्।

प्रशासनिक र शैक्षिक सुधारमा जोड
घिमिरेले यातायात व्यवस्था कार्यालय तत्काल गुलरियामा स्थापना गर्न र बाँकेमा रहेका भौतिक पूर्वाधार तथा सडक विस्तार सम्बन्धी कार्यालयहरू बर्दियामा स्थानान्तरण गर्न माग गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा जोड दिँदै उनले बर्दियामा कृषि, पर्यटन, आईटी र इन्जिनियरिङ विश्वविद्यालय खोल्नुपर्ने, बबई क्याम्पसमा लेखा अधिकृतको दरबन्दी फिर्ता गरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्ने र बर्दिया अस्पताललाई ३०० शैयाको शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्नुपर्ने बताएका छन्।

यस्तै, गुलरियामा मूल भन्सार कार्यालय स्थापना गर्नुपर्ने र आन्तरिक राजश्व कार्यालयहरू खारेज गर्न नहुने उनको अडान छ।

पूर्वाधार र प्राकृतिक स्रोत संरक्षण
विकास निर्माणका सन्दर्भमा घिमिरेले बगही–जब्दीघाट बबई नदीमा नयाँ पुल निर्माण गर्न र बबई सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गरी कार्यालय गुलरियामै राख्न माग गरेका छन्। उनले ढुङ्गा, गिट्टी, बालुवाको चोरी निकासी रोक्न र अवैध क्रसर उद्योगहरू बन्द गरी नियमसङ्गत मात्र सञ्चालन गर्न प्रशासनको ध्यानाकर्षण गराएका छन्।

सामाजिक न्याय र सुशासन
घिमिरेले किसानलाई मलखाद, बीउ र कृषि उपकरण सर्वसुलभ गराउनुपर्ने, बेरोजगार युवालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने र उद्यम गर्न चाहनेलाई सामूहिक जमानीमा बिना धितो ३ लाख ऋण उपलब्ध गराउनुपर्ने विषयलाई प्राथमिकतामा राखेका छन्। साथै, वास्तविक मुक्त कमैया र भूमिहीनलाई तत्काल लालपुर्जा वितरण गर्नुपर्ने उनको माग छ।

भ्रष्टाचार, मिटरब्याज, लागुऔषध, र वैदेशिक रोजगार ठगीजस्ता विकृतिहरूको अन्त्य गर्दै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि निकुञ्ज र वन कार्यालयमा पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने कुरामा उनले जोड दिएका छन्।

बर्दिया क्षेत्र नं. १ का वासिन्दा समेत रहेका घिमिरेले स्थानीय मिडियाको प्रवर्द्धन र कपास विकास समिति लगायतका सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने बताएका छन्। यी मागहरू जिल्लाको मुहार फेर्नका लागि अपरिहार्य रहेको भन्दै उनले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

116 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal