बर्दियाको समग्र विकास र सुशासनका लागि घिमिरेद्वारा सरकारलाई कडा सन्देश

२०८२ मंसिर ११ गते, बिहीबार

बर्दिया, गुलरिया । बर्दिया जिल्लाका सुधारवादी राजनीतिक, सामाजिक तथा सञ्चारकर्मी व्यक्तित्व यमनाथ घिमिरेले बर्दियाको समग्र विकास, पारदर्शिता र जनहित सुनिश्चित गर्न तीनै तहका सरकारलाई सार्वजनिक रूपमा ‘जनादेश’ जारी गरेका छन् ।

घिमिरेले नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, संघीय तथा प्रदेश निकाय र स्थानीय प्रशासनलाई सम्बोधन गर्दै प्रशासनिक सुधार, पूर्वाधार विकास र सामाजिक सशक्तिकरणका विषयमा तत्काल कदम चाल्न आग्रह गरेका हुन्।

प्रशासनिक र शैक्षिक सुधारमा जोड
घिमिरेले यातायात व्यवस्था कार्यालय तत्काल गुलरियामा स्थापना गर्न र बाँकेमा रहेका भौतिक पूर्वाधार तथा सडक विस्तार सम्बन्धी कार्यालयहरू बर्दियामा स्थानान्तरण गर्न माग गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा जोड दिँदै उनले बर्दियामा कृषि, पर्यटन, आईटी र इन्जिनियरिङ विश्वविद्यालय खोल्नुपर्ने, बबई क्याम्पसमा लेखा अधिकृतको दरबन्दी फिर्ता गरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्ने र बर्दिया अस्पताललाई ३०० शैयाको शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्नुपर्ने बताएका छन्।

यस्तै, गुलरियामा मूल भन्सार कार्यालय स्थापना गर्नुपर्ने र आन्तरिक राजश्व कार्यालयहरू खारेज गर्न नहुने उनको अडान छ।

पूर्वाधार र प्राकृतिक स्रोत संरक्षण
विकास निर्माणका सन्दर्भमा घिमिरेले बगही–जब्दीघाट बबई नदीमा नयाँ पुल निर्माण गर्न र बबई सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गरी कार्यालय गुलरियामै राख्न माग गरेका छन्। उनले ढुङ्गा, गिट्टी, बालुवाको चोरी निकासी रोक्न र अवैध क्रसर उद्योगहरू बन्द गरी नियमसङ्गत मात्र सञ्चालन गर्न प्रशासनको ध्यानाकर्षण गराएका छन्।

सामाजिक न्याय र सुशासन
घिमिरेले किसानलाई मलखाद, बीउ र कृषि उपकरण सर्वसुलभ गराउनुपर्ने, बेरोजगार युवालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने र उद्यम गर्न चाहनेलाई सामूहिक जमानीमा बिना धितो ३ लाख ऋण उपलब्ध गराउनुपर्ने विषयलाई प्राथमिकतामा राखेका छन्। साथै, वास्तविक मुक्त कमैया र भूमिहीनलाई तत्काल लालपुर्जा वितरण गर्नुपर्ने उनको माग छ।

भ्रष्टाचार, मिटरब्याज, लागुऔषध, र वैदेशिक रोजगार ठगीजस्ता विकृतिहरूको अन्त्य गर्दै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि निकुञ्ज र वन कार्यालयमा पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने कुरामा उनले जोड दिएका छन्।

बर्दिया क्षेत्र नं. १ का वासिन्दा समेत रहेका घिमिरेले स्थानीय मिडियाको प्रवर्द्धन र कपास विकास समिति लगायतका सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने बताएका छन्। यी मागहरू जिल्लाको मुहार फेर्नका लागि अपरिहार्य रहेको भन्दै उनले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

124 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal