रूपन्देही–३ को उपनिर्वाचनमा कुलमानलाई लडाउने प्रचण्डको तयारी

२०८२ असार १८ गते, बुधबार

काठमाडौं । आगामी कार्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनमा कसलाई अघि बढाउने भन्ने विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आन्तरिक तयारीमा जुटेका छन् । प्रचण्डले नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट हटाईएका कुलमान घिसिङलाई नै अघि बढाउने तयारी गरेका छन् ।

तर, कुलमानसँग यो विषयमा छलफल हुन नपाएको प्रचण्डनिकट उच्च स्रोतको दाबी छ । कुलमान यतिवेला आफ्नै नेतृत्वमा छुट्टै दल खोल्ने तयारीमा जुटेको पनि चर्चा छ । उनी यतिवेला मध्यपूर्वी देशहरुको भ्रमणमा छन् । उज्यालो नेपालका नायकको सम्मान पाएका कुलमानलाई कुलमान बनाउनको लागि आफ्नो योगदान रहेको प्रचण्डको दाबी छ ।
आफू प्रधानमन्त्री हुँदा नै कुलमानलाई उचित जिम्मेवारी दिईएको र नेपाल उज्यालो बन्न सफल भएको प्रचण्डको दाबी छ । कुलमानपनि प्रचण्डलाई सम्मान गर्छन् । तर, पछिल्लो समय कुलमान र प्रचण्डबीच पनि निरन्तर भेटवार्ता वा छलफल हुन छोडेको चर्चा छ । गत ०७९ को निर्वाचनमा कांग्रेससँग चुनावी गठबन्धन गर्दा माओवादीले सो क्षेत्र कांग्रेसका बालकृष्ण खाँणलाई छोडेको थियो । तर, खाँण राप्रपाका दीपक बोहोरासँग पराजित भएका थिए ।

खाँण भने गृहमन्त्रीको जिम्मेवारीमा हुँदा बोहोरासँग चुनाव हारेका थिए । बोहोराले ३६ हजार ७ सय १७ मत ल्याएर चुनाव जित्दा खाँण भने ३४ हजार ३६ मत प्राप्त गरेर दोस्रो भएका थिए । पछिल्लो समय प्रचण्डले माओवादीप्रति जनविश्वास बढेको भन्दै ०८४ को निर्वाचनमा ०६४ को जस्तै लहर आउने दाबी गरिरहेका छन् । त्यसको लागि यो उपनिर्वाचन एउटा टेष्ट केश हुनसक्ने उनको बुझाई छ ।

सकेसम्म उनले आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा रुपन्देही–३ बाट कुलमान घिसिङलाई चुनाव उठाउने सोच बनाएको चर्चा छ । तर, कुलमानले नमाने भर्खरै सक्रिय राजनीतिमा प्रवेश गरेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लाई पनि अघि बढाउनसक्ने चर्चा चलिरहेको छ ।
कांग्रेसले यसअघि पराजित भएका बालकृण खाँणलाई नै अघि बढाउने चर्चा छ । उता, सरकारको नेतृत्व गरेको दल नेकपा ९एमाले० ले भने खिमलाल भट्टराईलाई अघि सार्ने भएको छ । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पनि उपनिर्वाचनकेन्द्रित छलफल थालेको छ । सागर ढकालले सो क्षेत्रबाट उम्मेद्वारी दिने संकेत गरेका छन् ।

०७९ को निर्वाचनमा डेलधुराबाट चुनाव लडेका ढकाल स्वतन्त्र उम्मेदवार थिए । उनले १३ हजार ४२ मत पाएका थिए । शेरबहादुर देउवाले भने भने २५ हजार ५ सय ३४ मत प्राप्त गरेका थिए । उनीहरुबीच १२ हजारको मतान्तर थियो ।
अहिले रुपन्देही–३ मा उपनिर्वाचनको मिति तोकिएसँगै ढकालले सोही क्षेत्रबाट आफूले प्रतिष्पर्धा गर्ने संकेत गरेका छन् । उनले रुपन्देही ३ मा नेपालको इतिहास रच्न तयार हुनुहुन्छ भन्दै जनतालाई प्रश्न गरेका छन् । रास्वपाले भने उनलाई टिकट दिने वा नदिने भन्नेबारे अहिलेसम्म केही खुलासा गरेको छैन । रास्वपाका सभापति रवि लामिछाने यतिवेला हिरासतमा छन् । ढकालले टिकट पाउने वा नपाउने भन्ने विषय लामिछानेसँग उनीनिकट नेताहरुले गर्ने सल्लाहपछि लिईने निर्णयमा भर पर्छ ।

86 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal