रूपन्देही–३ को उपनिर्वाचनमा कुलमानलाई लडाउने प्रचण्डको तयारी

२०८२ असार १८ गते, बुधबार

काठमाडौं । आगामी कार्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनमा कसलाई अघि बढाउने भन्ने विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आन्तरिक तयारीमा जुटेका छन् । प्रचण्डले नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट हटाईएका कुलमान घिसिङलाई नै अघि बढाउने तयारी गरेका छन् ।

तर, कुलमानसँग यो विषयमा छलफल हुन नपाएको प्रचण्डनिकट उच्च स्रोतको दाबी छ । कुलमान यतिवेला आफ्नै नेतृत्वमा छुट्टै दल खोल्ने तयारीमा जुटेको पनि चर्चा छ । उनी यतिवेला मध्यपूर्वी देशहरुको भ्रमणमा छन् । उज्यालो नेपालका नायकको सम्मान पाएका कुलमानलाई कुलमान बनाउनको लागि आफ्नो योगदान रहेको प्रचण्डको दाबी छ ।
आफू प्रधानमन्त्री हुँदा नै कुलमानलाई उचित जिम्मेवारी दिईएको र नेपाल उज्यालो बन्न सफल भएको प्रचण्डको दाबी छ । कुलमानपनि प्रचण्डलाई सम्मान गर्छन् । तर, पछिल्लो समय कुलमान र प्रचण्डबीच पनि निरन्तर भेटवार्ता वा छलफल हुन छोडेको चर्चा छ । गत ०७९ को निर्वाचनमा कांग्रेससँग चुनावी गठबन्धन गर्दा माओवादीले सो क्षेत्र कांग्रेसका बालकृष्ण खाँणलाई छोडेको थियो । तर, खाँण राप्रपाका दीपक बोहोरासँग पराजित भएका थिए ।

खाँण भने गृहमन्त्रीको जिम्मेवारीमा हुँदा बोहोरासँग चुनाव हारेका थिए । बोहोराले ३६ हजार ७ सय १७ मत ल्याएर चुनाव जित्दा खाँण भने ३४ हजार ३६ मत प्राप्त गरेर दोस्रो भएका थिए । पछिल्लो समय प्रचण्डले माओवादीप्रति जनविश्वास बढेको भन्दै ०८४ को निर्वाचनमा ०६४ को जस्तै लहर आउने दाबी गरिरहेका छन् । त्यसको लागि यो उपनिर्वाचन एउटा टेष्ट केश हुनसक्ने उनको बुझाई छ ।

सकेसम्म उनले आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा रुपन्देही–३ बाट कुलमान घिसिङलाई चुनाव उठाउने सोच बनाएको चर्चा छ । तर, कुलमानले नमाने भर्खरै सक्रिय राजनीतिमा प्रवेश गरेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लाई पनि अघि बढाउनसक्ने चर्चा चलिरहेको छ ।
कांग्रेसले यसअघि पराजित भएका बालकृण खाँणलाई नै अघि बढाउने चर्चा छ । उता, सरकारको नेतृत्व गरेको दल नेकपा ९एमाले० ले भने खिमलाल भट्टराईलाई अघि सार्ने भएको छ । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पनि उपनिर्वाचनकेन्द्रित छलफल थालेको छ । सागर ढकालले सो क्षेत्रबाट उम्मेद्वारी दिने संकेत गरेका छन् ।

०७९ को निर्वाचनमा डेलधुराबाट चुनाव लडेका ढकाल स्वतन्त्र उम्मेदवार थिए । उनले १३ हजार ४२ मत पाएका थिए । शेरबहादुर देउवाले भने भने २५ हजार ५ सय ३४ मत प्राप्त गरेका थिए । उनीहरुबीच १२ हजारको मतान्तर थियो ।
अहिले रुपन्देही–३ मा उपनिर्वाचनको मिति तोकिएसँगै ढकालले सोही क्षेत्रबाट आफूले प्रतिष्पर्धा गर्ने संकेत गरेका छन् । उनले रुपन्देही ३ मा नेपालको इतिहास रच्न तयार हुनुहुन्छ भन्दै जनतालाई प्रश्न गरेका छन् । रास्वपाले भने उनलाई टिकट दिने वा नदिने भन्नेबारे अहिलेसम्म केही खुलासा गरेको छैन । रास्वपाका सभापति रवि लामिछाने यतिवेला हिरासतमा छन् । ढकालले टिकट पाउने वा नपाउने भन्ने विषय लामिछानेसँग उनीनिकट नेताहरुले गर्ने सल्लाहपछि लिईने निर्णयमा भर पर्छ ।

113 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal