‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
काठमाडौँ । चितवनको लङ्खुका स्थानीयवासी नवीन सापकोटाले रोजगारीदेखि अन्य कामका लागि अष्ट्रेलिया गएका नेपाली नागरिकहरुलाई आवश्यक पर्ने सरकारीदेखि अन्य व्यक्तिगत काम समाधानका लागि एक सोसल एप ‘भेट्छ एप’ मार्फत जानकारी दिने गर्नु भएको छ ।
करिब दुई वर्षदेखि अष्ट्रेलिया, मेलबनमा आइटी सम्बन्धि काम गर्दै आउनु भएका सापकोटा लगायतले ‘भेट्छ एप’ निर्माण गरी नेपालबाट त्यहाँ गएका नागरिकहरुलाई आवश्यक पर्ने बसाई, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अत्यावश्यक विषयमा उक्त सोसल एप ‘भेट्छ एप’ मार्फत जानकारी दिने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ विदेशमा गएका नेपाली युवा युवतीहरुलाई कुलतबाट छुटाउनेदेखि सामाजिक क्षेत्रमा कामगर्ने र विदेशमा गएका नेपाली युवाहरुलाई सहयोग गर्नकालागि उक्त उक्त एपले महत्वपूर्ण काम गर्ने गरेको । उक्त एपमा कहाँ के छ बुझन अनि फेसबुक जस्तै समस्याहरु समाधानका लागि पोष्ट गर्न मिल्ने छ ।”
अष्ट्रेलिया सरकारद्धारा मान्यता प्राप्त एप भएकाले यसबाट कसैले पनि दुस्ख नपाउने सापकोटाले दाबी गर्नुभयो । उहाँका अनुसार हाल उक्त एपमा चार हजार प्रयोग कर्ता रहेका छन् । मेलबनमा १९ मार्च २०२५ मा पूर्वउपसभामुख एवं नेपालका लागि अष्ट्रेलियाका राजदुत चित्रलेखा यादव तथा शेष घलेले उक्त एपको उद्घाटन गर्नु भएको थियो ।
उक्त एपमार्फत कोठा खोज्ने, यात्रा गर्ने, सवारी चालक लाइसेन्स लिने लगायत थुप्रै कामबारे जानकारी लिन र दिन सकिने भएकाले अष्ट्रेलिया गएर अप्ठेरोमा परेका नेपाली नागरिकले उक्त एपमार्फत आफुलाई आवश्यक पर्ने सम्पूर्ण चिजको बारेमा हातैमा जानकारी लिन सकिने सापकोटाले बतानुभयो ।
उहाँले भन्नुभयो, “दैनिक जीवनमा आवश्यक सबै सूचना एकै ठाउँमा भेट्न सकिने गरी एउटा एप बनाउने निर्णय अनुसार अष्ट्रेलियामै पढेर नेपालमा आइटी क्षेत्रमा काम गरिरहेका निराजन कँडेल र अमेरिकामा रहेका आशिष पङ्गेनीसँग कुरा गरेर हामीले यो एप बनाएका हौँ । तीन महिनाअघि ‘भेट्छ एप’ निर्माण गरी प्रयोगमा ल्यायौँ, अहिले सबैलाई सहज भएको छ ।”
आफुहरु अष्ट्रेलियामा गएको समयमा त्यहाँको बारेमा जानकारी नपाउँदा समस्यामा परेपछि उनीहरुले उक्त एप खोलेको बताइएको छ । नवीनले यसको मार्केटिङसँगै अस्ट्रेलियामा हुने कामको सबै पक्ष हेर्ने गर्नु भएको छ । अमेरिकामा रहनु भएका आशिष कम्प्युटर इञ्जिनियर र नेपालमा रहनु भएका निराजन आइटी इञ्जिनियर गरी तीनै जनाले जिम्मेवारी बाँडफाँट गर्नु भएको छ ।
हाल भेट्छ एप अमेरिकामा र अस्ट्रेलियामा सुरू भएको छ । चाँडै क्यानडा, बेलायत र न्युजिल्यान्ड पुर्याउने गरी काम भइरहेको सञ्चालकहरुको भनाई छ । आगामी दुई वर्षभित्र नेपालीहरूको सङ्ख्या धेरै रहेका अधिकाङ्श देशमा विस्तार गर्ने उहाँहरूको लक्ष्य रहेको छ ।
यो एपलाई हरेक नेपालीले आफूलाई आवश्यक र आफ्नो जिज्ञासाको सूचनाको स्रोत बनाऊन् भन्ने आफ्नोे लक्ष्य रहेको नवीनले बताउनुभयो । उहाँका अनुसार ‘भेट्छ एप’ मा नेपालीलाई चाहिने सबै महत्त्वपूर्ण सूचनाहरू राखिएको र अस्ट्रेलियामा हुने सबै खालका गतिविधिको जानकारी पनि राखिन्छ ।
ताजा
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





