जेठ २३ मा नेपालभर प्रदर्शन हुँदै “जन्ते बाख्रो’

२०८२ बैशाख २६ गते, शुक्रबार

काठमाडौं। “जन्ते बाख्रो” जेठ २३ मा नेपालभर प्रदर्शन हुँदैछ ।

नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गर्ने उद्देश्यले निर्देशक सिमोश सुनुवारले नयाँ फिल्म ‘जन्ते बाख्रो’ निर्माण गरेका छन् । यो फिल्म विशेषगरी विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा खुवाउने चलन अर्थात् ‘जन्ते बाख्रो’ खुवाउने परम्परामाथि आधारित छ ।

समयसँगै विवाह भोजको शैली परिवर्तन हुँदै गइरहेको सन्दर्भमा, निर्देशक सुनुवारले गाउँघरमा अझै जीवित परम्परालाई पर्दामा उतार्न खोजेका हुन् । उनका अनुसार फिल्मले नेपाली ग्रामीण जीवनशैली, रीतिरिवाज र संस्कारलाई रमाइलो ढंगमा प्रस्तुत गरेको छ ।

‘यो फिल्मले नयाँ पुस्तालाई नेपाली संस्कार र चलनप्रति जानकार बनाउने विश्वास लिएको छु’, निर्देशक सुनुवारले भने । फिल्ममा सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, र समापिका गौतमलगायत कलाकारहरूको अभिनय रहेको छ ।

93 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal