कांग्रेस र एमालेको घरझगडाले अहिलेसम्म गभर्नर नियुक्ती हुन सकेनः डा. सिंह

२०८२ बैशाख २६ गते, शुक्रबार

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले शक्तिशाली सरकारले गभर्नर नियुक्ती गर्न नसकेकोमा आलोचना गरेका छन् ।

उनले कांग्रेस र एमालेको घरझगडाले अहिलेसम्म नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले गभर्नर नियुक्तीमा भएको ढिलाईले मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको पन बताए । उनले भने,‘लथालुङ देशको भताभुङ चाला भन्छन्, आज त्यही भैरहेको छ । एउटा जाबो गभर्नर नियुक्ती गर्न यो सरकारले सकेन ।’

उनले कांग्रेस र एमाले दुवै दललाई अहिले राष्ट्र बैंकको नेतृत्वमा आफ्नो कार्यकर्ता पुर्याउने होडबाजी चलेको आरोप लगाए । उनले नेपाल कार्यकर्ताहरुको मात्रै देश हो कि नेपालीहरुको देश हो ? भन्दै प्रश्न गरे । उनले भने,‘के यहाँ मेरिटोक्रेसी चाहिँदैन ? यस्तो तरिकाले देश चल्छ ?’

130 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal