कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार दिन हुँदैनः मन्त्री गुरुङ

२०८२ बैशाख २३ गते, मंगलवार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार दिन नहुने बताएका छन् ।

आज विश्वसनीय पत्रकारिताका लागि सुचनाको हकको प्रयोग विषयक अन्तर्किया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा निरङ्कुशताको विरुद्धमा सबै लड्नुपर्ने अवस्थामा संगठन बनाइएको भए पनि अब लोकतन्त्रमा कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउन नहुने बताएका हुन् ।

उनले नेपाल शिक्षक महासंघको आन्दोलनबारे उल्लेख गर्दै भने ‘अब चाहीँ पार्टीहरुले भन्न सक्नुपर्छ– हिजो अधिकारको आन्दोनको एउटा फ्रेज थियो, हामी सबै लागेका थियौं, निरङ्कुशता खत्तम गर्नका लागि । अब लोकतन्त्र आइसक्यो । लोकतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार व्यूरोक्रेशीमा हुन हुँदैन । यसले हाम्रो व्यूरोक्रेशीलाई बाधा दियो । सुशासन कायम गर्ने कुरामा बाधा दियो । एउटा मन्त्रीले मेरिटोक्रेशीमा विश्वास गरेर काम गर्छु भन्यो भने सक्छ रु सक्दैन । हाम्रो पालामा यति पनि नगर्ने, हाम्रो संगठनको इज्जत जान्छ । हाम्रो डेमोक्रेशीको हुर्मत जान्छ भन्ने कुरा कसैले भन्दैन ।’

126 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal