प्रधानमन्त्रीलाई सुरक्षा बढाइयो
काठमाडौं । सत्तारुढ नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन्। नेकपा अध्यक्षसमेत रहेका उनी पार्टी मुख्यालय धुम्बाराहीमा जाने भएपछि आसपासका घरका छतमा समेत सुरक्षाकर्मी परिचालन गरिएलगत्तै मंगलबार कीर्तिपुरको एउटा कार्यक्रममका लागि उनको ‘सवारी’ चलाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।
ज्येष्ठ नागरिक आवास गृह शिलान्यासका लागि मंगलबार अपराह्न प्रधानमन्त्री ओली कीर्तिपुर जाने क्रममा सुरक्षाकर्मीले सडक खाली गरेर ‘सवारी’ चलाएका थिए। विगतमा यस्तो अभ्यास थिएन।
सडक नै खाली गराइएपछि के प्रधानमन्त्रीमािथ सुरक्षा ‘थ्रेट’ बढेकै हो, बढेको हो भने कहाँबाट भन्नेजस्ता प्रश्न उठेका छन्। ‘त्यति कडाइ होइन, आवश्यकता हेरेर केही कडाइ भएको हो,’ नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले भने, ‘हामीले हाम्रो ठाउँमा कमजोरी हुन त दिनुभएन नि।’ राजनीतिक र अन्य अवस्थालाई ध्यानमा राखेर प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरूको सवारी चलाउने गरिएको जानकारी दिँदै उनले भने, ‘आज ९मंगलबार० पनि त्यही अनुसार प्रधानमन्त्रीको सवारी चलाइएको हो।’
प्रधानमन्त्री कीर्तिपुरतिर लाग्दा उनको अघिपछि तैनाथ सुरक्षाकर्मीलाई मास्क लगाउन समेत दिइएको थिएन। आवासगृह शिलान्यास गर्न प्रधानमन्त्री ओली दिउँसो १ः१५ बजे बालुवाटारबाट हिँडेका थिए। उनी हिँड्नुपूर्व नै सर्वसाधारणलाई रोकेर प्रहरीले सडक खाली गराएको थियो। अनिमात्रै प्रधानमन्त्रीले बाटुवाटारबाट कीर्तिपुरको यात्रा तय गरेका थिए। उनले कीर्तिपुरको कार्यक्रममा डेढ घण्टा बिताए। फर्कने क्रममा पनि उनको सुरक्षा व्यवस्था कडा पारिएको थियो।
प्रधानमन्त्रीको सुरक्षा व्यवस्था कडा पारिनुलाई सुरक्षा निकायका जानकारले राजनीति बेमेलसँगै उत्पन्न चुनौतीका रूपमा चित्रण गरे। पूर्वडिआइजी हेमन्त मल्लले जनआक्रोश बढिरहेका बेला सरकारको मनोविज्ञान यस्तै हुने बताए। ‘कुनै पनि हिसाबमा सरकार कमजोर छैन है भन्ने पार्नलाई पनि बढी सुरक्षाकर्मी परिचालन गरिएको हुनसक्छ,’ उनले भने, ‘यस्तो अवस्थामा प्रधानमन्त्रीले हेलिकोप्टरमा सुटुक्क यात्रा गरेका भए सरकार कमजोर भयो भन्ने सन्देश जान्थ्यो। त्यसैले पनि सुरक्षा कडाइका साथ सडक यात्रा गरेको मान्नुपर्छ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पहिलेभन्दा फरक नभएको बताए। उनले आवश्यकताअनुसार सुरक्षा निकायले प्रधानमन्त्रीको सुरक्षा व्यवस्था बलियो बनाउने जानकारी दिए। ‘त्यस्तो लागेको हुनसक्छ, तर होइन,’ उनले भने, ‘अरू बेला पनि यसरी नै सुरक्षाकर्मी परिचालित हुन्छन्।’ शिवहरि घिमिरेले नागरिक दैनिकमा समाचार लेखेका छन् ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





