कोशी प्रोजेक्ट शोकेसको उत्कृष्ट दश टीम छनौट

२०८२ बैशाख २१ गते, आईतवार

काठमाडौं । कोशी प्रोजेक्ट शो केस प्रतियोगितामा १० टीम फाइनल चरणमा छनौट भएका छन् । शनिबार राजधानीमा आयोजित छनौट चरणबाट १० वटा उत्कृष्ट प्रोजेक्ट फाइनल चरणमा पुगेका हुन् ।

फाइनल चरणमा पुग्नेहरुमा नेपाल इन्जिनियरिङ कलेजको एग्रो भिलेज टीम, पुल्चोक कलेजको स्केट्च स्क्वायर, पुल्चोक कलेजकै केटुपिए, एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टर, पुल्चोक कलेजको पुल्चोक इयर फाइभ रहेका छन् । यस्तैगरी, पुल्चोक कलेजकै पाथफाइण्डर, ख्वपः इन्जिनियरिङ कलेजको बियोण्ड द ब्रिउ, पुल्चोक कलेजका विनर र टिम कोशी एक्सप्लोरल रहेका छन् । नेपाल इन्जिनियरिङ कलेजको रुरल रिड्ज विल्डर्स टीमपनि फाइनल चरणमा पुगेको छ ।

शनिबार नेपाल माउण्टेन एकेडेमीको हलमा प्रतिष्पर्धी समुहले प्रस्तुत गरेको अवधारणा अनुसार निर्णायक मण्डलले उत्कृष्ट १० टिमको छनौट गरेको हो । प्रतियोगिताको निर्णायकहरुमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), नेपाल माउण्टेन एकेडेमीका प्राचार्य शिवप्रसाद जैसी खतिवडा, प्राइम कमर्सियल बैंक बागमती प्रदेश प्रमुख दिमन श्रेष्ठ, सोसाइटी अफ आर्किटेक्ट इन्जिनियर्स एशोशिएसनका पूर्व उपाध्यक्ष सुनिता सुवेदी तथा नेपाल इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागका सह–प्राध्यापक रमेश ज्ञवाली रहनु भएको थियो ।

निर्णायकहरुले प्रतिष्पर्धी टिमले प्रस्तुत गरेको अवधारणामा नवप्रर्वद्धन र सृजनशीलता, प्राविधिक संभाब्यता, आर्थिक एवम् वातावरणीय प्रभाव, प्रस्तुति, पर्यटनमैत्री योजनाका आधारमा अंकहरु प्रदान गरेका थिए । विद्यार्थीहरुको समुहले होम स्टे, कृषि पर्यटन, माउण्टेन पर्यटन, ट्रेकिङ, चिया, र्याफ्टिङ, बञ्जिजम्प, एडभेञ्जर जस्ता विषयहरुमा प्रस्तुति दिएका थिए ।
प्रतियोगिताको आयोजक एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरका अनुसार उत्कृष्ट १० मा पर्न सफल टीमहरुलाई अब उनीहरुका अवधारणा अनुसार थप अध्ययनका लागि फिल्डमा पठाइन्छ । त्यसका लागि प्रत्येक टीमलाई एक जना मेन्टर ९सल्लाहकार० समेत उपलब्ध गराईन्छ । ‘अब छनौट भएका प्रत्येक टीमलाई एकएक जना मेन्टर उपलब्ध गराइन्छ । त्यसपछि उहाँहरु थप अध्ययन र अनुसन्धानका लागि फिल्डमा जानुहुन्छ ।’ अध्यक्ष मगरले भनिन्,‘जेठ ९ गतेदेखि काठमाडौंमा उहाँहरुले तयार पारेको प्रोजेक्टको बृहद् प्रर्दशनीसँगै फाइनल प्रतिष्पर्धा हुन्छ ।’

ठमेलको जी रामायण होटलमा हुने प्रदर्शनी तथा फाइनल कार्यक्रममा पर्यटन व्यवसायी, होटल व्यवसायीसँगै ठूला लगानीकर्ता र सरकारी क्षेत्रबाट समेत प्रबुद्ध व्यक्तिहरुले अध्ययन अवलोकन गर्नेछन् । कोशी क्षेत्रको पर्यटन प्रवर्द्धन सँगै नयाँ पर्यटनका आयामहरुलाई उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको छनौट चरणमा १९ वटा समुहको प्रोजेक्टको छनौट गरिएको थियो । जसमध्ये शनिबारको छनौट चरणबाट १० वटा उत्कृष्ट टिम फाइनल चरणमा पुगेका हुन् ।
प्रतियोगितामा पुल्चोक इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, ख्वप इन्जिनियरिङ कलेज, एक्मी इन्जिनियरिङ कलेज, पूर्वाञ्चल इन्जिनियरिङ कलेज लगायतबाट विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
नेपालमै पहिलोपटक आयोजना भएको कोशी प्रोजेक्ट शो केसले कोशी प्रदेशमा नयाँ पर्यटकीय क्षेत्रको संभाव्यता अध्ययन गर्दै पर्यटनबाटै मुलुकको अर्थतन्त्रको विकास गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने अपेक्षा लिइएको छ ।

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद रु( १ लाख, द्वितिय हुने टीमलाई रु. ५० हजार तथा तृतिय हुने टीमलाई रु. २५ हजार नगद, मेडल, प्रमाणपत्र र विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिनेछ । प्रतियोगितालाई कोशी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड लगायतले सहयोग गरेका छन् ।

154 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal