आज भारत बन्द

२०७७ मंसिर २३ गते, मंगलवार

नयाँ दिल्ली । कृषि सम्बन्धी तीन कानूनको विरोधमा प्रदर्शन गर्दै आएका किसानले मंगलबार भारत बन्द गरेका छन् ।
केन्द्र सरकारले किसान विरोधी र व्यवसायिक घरानालाई हित हुने कानून ल्याएको भन्दै तीनै कानून फिर्ता हुनु पर्ने माग गर्दै आएका किसानले भारत बन्द आह्वान गरेका हुन् ।
पञ्जाब, हरियाणासहितका किसान झण्डै दुई हप्तादेखि दिल्ली चलो आन्दोलन अन्तर्गत राजधानी दिल्लीका विभिन्न सीमामा धर्नामा बसेका छन् । उनीहरुलाई सरकारले दिल्ली प्रवेश गर्न दिएको छैन ।
अहिलेसम्म विभिन्न चरणमा भएका वार्तामा कुनै ठोस प्रगति भएको छैन । यहिबिचमा कानूनको विरोधमा किसानहरुले भारत बन्द गरेका हुन् ।
किसानको भारत बन्दमा विभिन्न राजनीतिक दलले पनि ऐक्यवद्धता जनाएका छन् । कांग्रेस र वामपन्थी पार्टीहरुसहित क्षेत्रीय राजनीतिमा बलियो रहेका डिएमके, टिआरएस, सपा, बसपा, आरजेडी, शिवसेना, एनसीपी, अकाली दल, आप, जेएमएमसहित कम्तिमा २४ राजनीतिक दलले भारत बन्दको समर्थन गरेका छन् । उनीहरुले किसानको माग सही रहेको बताएका छन् ।
किसान नेताहरुले आफ्नो आन्दोलनको समर्थनमा आएका सबै राजनीतिक दलहरुसँग यसको राजनीतिक रुपमा प्रयोग नगर्न अपिल गरेका छन् ।
किसान युनियन (क्रान्तिकारी) का अध्यक्ष दर्शन पाल सिंहले भनेका छन्, ‘हामी बसै राजनीतिक दललाई हाम्रो मागमा समर्थन गरेकामा धन्यबाद दिन्छौँ । तर मंगलबारको भारत बन्दमा सबै दलले आफ्नो झण्डा–ब्यानर घरमै राखेर मात्रै किसानको समर्थन गरुन् ।’
गृह मन्त्रालयले सबै राज्य तथा केन्द्र शासित प्रदेशमा मंगलबारको बन्दको क्रममा शान्ति तथा संयम कामय राख्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारत बन्द मंगलबार बिहान १० बजे सुरु भएर दिउँसो ३ बजेसम्म कायम रहने तर त्यस बेला पनि आकश्मिक सेवाहरुमा कुनै पनि प्रकारको अवरोध नहुने किसान नेताहरुले बताएका छन् । (एजेन्सी)

190 Views

ताजा

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal