सरकारको गलत क्रियाकलापका कारण प्रतिगामीहरु सल्बलाएः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको गलत क्रियाकलापका कारण प्रतिगामी सलबलाएको बताएका छन् ।
आज नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले धमिलो पानीमा माछा मार्न खोज्ने प्रतिगामीहरुको दुष्साहस सफल नहुने बताएका हुन् । ‘अहिले प्रतिगामी षड्यन्त्र जो देखापर्न खोजेको छ, त्यो सरकारका गलत काम, क्रियाकलापको कारणले धमिलो पानीमा माछा मार्ने दुष्साहसजस्तो गरेका छन् । त्यो सफल हुने छैन । त्यसलाई सफल हुन दिइने छैन,’– उनले भने ।
अध्यक्ष प्रचण्डले आफू पहिलो पटक प्रधानमनत्री हुँदा राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मान र आदर्शलाई पछ्याउँदै गरिब किसानहरुको ३० हजारसम्मको ऋण मिनाह गरिदिएको पनि बताए । ‘शंखधर साख्वा राष्ट्रिय विभूतिलाई औपचारिक रुपले सम्मान गर्नेमात्रै होईन । उहाँका आदर्श पछ्याउनुपर्छ भनेर पहिलो चोटी प्रधानमन्त्री हुँदा मैले गरिब किसानहरुको ऋण मिनाह गर्ने निर्णय गरेको थिएँ । ३० हजारसम्मको ऋण मिनाह पनि भएको थियो । शंखधर साख्वाप्रतिको त्यो सम्मान र उहाँको आदर्श पछ्याउँदै अघि बढ्ने मेरो प्रतिवद्धता, हाम्रो दलको प्रतिवद्धता र नेपाल सरकारको त्यतिबेलाको प्रतिवद्धता थियो,’– उनले भने ।
त्यस्तै, आफूले नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरेको, नेपाल भाषलाई सरकारी दस्ताबेजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेको र आफ्नै निर्देशन र सल्लाहमा प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको पनि उनले बताए । अध्यक्ष प्रचण्डले आफूले नेवार समुदायको निम्ति उठाएका कदम र गरेको कामको मूल्याङ्कन गरी नेवार समुदायले अभिनन्दन गरेको स्मरण गरे ।
ताजा
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





