नेपाललाई पछि पार्दै अफगानिस्तान विश्वकपमा

२०८२ बैशाख ६ गते, शनिबार

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा अफगानिस्तान तालिकाको शीर्ष स्थानमा रहँदै यु–१९ विश्वकपमा छनोट भएको छ। नेपालले जित्नै पर्ने खेल वर्षाले खेल रद्द हुँदा दुवै टिम अङ्क बाँड्न बाध्य भए।

नेपाल क्रिकेट संघ (क्यान)ले खेल बिहान ९ बजेबाट तल्लो मूलपानी क्रिकेट रंगशालामा ९ः३० बजे सुरु गर्ने कार्यतालिका रहेको थियो। तर २० ओभरको खेल हुने समयमा पनि मैदान गिलो भएका कारण खेल हुन सम्भव भएन। योसँगै अफगानिस्तानले जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने २०२६ को विश्वकपमा स्थान बनाएको छ।

शुक्रबार रातिदेखि नै काठमाडौँका अधिकांश स्थानमा वर्षा भएको थियो। साथै आज बिहान पनि वर्षा निरन्तर हुँदा मैदान गिलो भयो। मैदानको कभर पनि हटाएर पटक(पटक अम्पायरले ग्राउन्ड चेक गरेको भए पनि खेल हुने सम्भावना भएन। तर, भिजेको आउटफिल्ड सुकाउन प्रयासका बाबजुत सम्भव भएन।

सुपर सापर एउटा मात्रै हुँदा ग्राउन्ड स्टाफले कपडा, स्पोन्स र जुडका बोरा प्रयोग गरेर आउटफिल्डमा जमेको पानी हटाउने प्रयास गरेका थिए तर सकेनन्। अम्पायरले १स्३० बजे मैदान निरीक्षण गरेर फर्किएका थिए। २ बजे पनि खेल हुन नसक्न बताएसँगै खेल रद्द भयो।

समान ६ अंक रहे पनि अफगानिस्तान नेट रनरेटमा नेपालभन्दा अगाडि थियो। यो खेल रद्द भएकोले दुवै टोली अंक बाँडेका छन्। नेट रनरेटमा अगाडि भएको कारण सात अंकसहित अफगानिस्तान विश्वकप २०२६ मा छनोट हुन सफल भएको हो। समान सात अंक रहे पनि नेपाल यसपल्ट अभागी सावित भयो।

151 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal