ओली सरकार असफल भयोः रेनु दाहाल

२०८२ बैशाख ६ गते, शनिबार

काठमाडौं । भरतपुर महानगरकी मेयर एवम् नेकपा .माओवादी केन्द्र) की प्रभावशाली नेतृ रेनु दाहालले अहिलेको कांग्रेस–एमाले सरकार असफल भएको दाबी गरेकी छिन् । आज राति प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि पत्रकार ऋषि धमलाको कुराकानीमा उनले यस्तो दाबी गरेकी हुन् ।

उनले सरकारले डेलिभरी दिन नसकेको र जनता आक्रोशित बन्नुको पनि सरकार नै प्रमुख कारण भएको तर्क गरिन् । उनले सरकार लामो समय नजाने दाबी गरिन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनको भनाई छ ।
अहिले आफ्नो बुवा प्रचण्ड प्रधानमन्त्री बन्ने दौडमा नरहेको पनि उनको स्पष्टोक्ति थियो । पछिल्लो समय माओवादीप्रति जनतामा क्रेज देखिएको पनि दाहालको टिप्पणी छ ।
माओवादीमा बृहत्त सुधार र रुपान्तरण भैराखेको उनको भनाई छ । उनले आगामी निर्वाचनमा रवि लामिछाने नेतृत्वको रास्वपा र आफूहरुबीच गठबन्धन हुनसक्ने बताईन् । उनले भनिन्,‘प्रचण्ड र रवि लामिछाने मिलेर जानुहुन्छ ।’

कुराकानीको क्रममा मेयर दाहालले भरतपुरको विकासमा एमालेले अवरोध सिर्जना गरेको आरोप लगाईन् । प्रचण्डको अथक प्रयासले चितवनको विकास भएको उनको दाबी छ । चितवनको विकासको जस प्रचण्डलाई जाने उनको भनाई छ । अब नेपालमा राजसंस्था नफर्कने पनि उनको दाबी छ । गणतन्त्र पनि प्रचण्डले ल्याएको भन्दै प्रचण्डकै नेतृत्वमा गणतन्त्रको रक्षा हुनेमा उनी विश्वस्त छिन् ।

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal