पत्रकार सुरेश रजक हत्या प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग

२०८२ बैशाख ५ गते, शुक्रबार

काठमाडों । समाजवादी प्रेस संगठन नेपालले पत्रकार सुरेश रजकको हत्या प्रकरणको बारेमा उच्चस्तरीय छानविन समिति बनाएर सत्य, तथ्य छानविन गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको छ ।

संगठनले बिहीबार काठमाडौंको रत्नपार्क, शान्तिबाटिकामा मौन प्रदर्शन गरेको छ । गत १५ चैतमा तिनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा एक घरमा पत्रकार रजकको जलेर मृत्यु भएको थियो । पत्रकार रजकसहित दुई जनाको मत्यु भएको थियो । राजावादीहरुको हंसात्मक प्रदर्शनका क्रममा सरकारी, निजी भवन, पार्टी कार्यालय, व्यापारिक भवनमा लुटपाट, आगजनी, तोडफोड समेत भएको थियो ।

संगठनले पत्रकार रजकको मृत्यु नभई हत्या भएको जनाएको छ । रजकको हत्याबारेमा उच्चस्तरीय छानविन समिति गठन गरी छानविन गर्नुपर्ने, दोषीलाई कडा कारवाही गर्नुपर्ने, शहिद घोषणा गर्नुपर्ने, उनको परिवारलाई क्षतिपुर्ति दिनुपर्नेलगायतका माग गर्दै आन्दोलनमा उत्रेको संगठनका उपाध्यक्ष सुभाष साहले जानकारी दिए ।

प्रदर्शन हिंसात्मक बनेको दृश्य छायांकन गरिरहेका सञ्चारकर्मी रजकको रहस्यमय तवरले जलेर मृत्युभएपछि संगठनले विभिन्न माग गर्दै आन्दोलनमा उत्रेको हो । सभाको समापन सम्बोधन गर्दै संगठनका अध्यक्ष एवं वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले यति ठूलो घटना हुनु र जनधनको ठूलो क्षति हुँदापनि सरकारले छानबिन आयोग गठन नगर्नुले घटना थप रहस्यमय भएको टिप्पणी गरे । ‘सरकारले आफ्नो गल्ती, कमजोरी लुकाउन छानबिन आयोग गठन नगरे पनि सुरेश रजकको हत्याको छानबिन आयोग पत्रकारहरुसँग सम्बन्धित संगठनहरुले मिलेर गर्नुपर्ने अवस्था आएको छ,’ श्रेष्ठले भने ।
यस्तै नेपाल पत्रकार महासंघका पूर्व कार्यवाहक अध्यक्ष एवं वरिष्ठ पत्रकार रमेश विष्टले सञ्चारकर्मी रजकको मृत्यु प्रकरणमा प्रदर्शन आयोजक प्रमुख नवराज सुवेदी र दुर्गा प्रसाईंमाथि संगठनले ज्यान मुद्दा जाहेरी दर्ता गर्नुपर्ने बताए । यस्तै, दिवंगत सुरेशका दाजु पत्रकार दिनेश रजकले भाइको विभत्स तरिकाले हत्या गरेर पत्रिकाले छोपेको अवस्थामा शव फेला परेको जानकारी गराउँदै अपराधीहरुले घटनाको वास्तविकता लुकाउन सुरेशले त्यसबेला दृश्य छायांकन क्यामेरा र मोबाइल लुटेको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकारहरु, संगठनका पदाधिकारी, सदस्यसहित विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यसअघि संगठनले रजकको परिवारलाई आर्थिक सहयोगसमेत गरेको छ ।

69 Views

ताजा

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

भाइरल ७ तल्ले भवनमा चल्यो डोजर

२०८३ बैशाख २० गते, आईतवार

सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने

२०८३ बैशाख २० गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal