पूर्वराजा ज्ञानेन्द्रलाई बोलाएर केरकार गर्नुपर्ने कांग्रेस सह-महामन्त्री परियारको माग

२०८१ चैत्र २९ गते, शुक्रबार

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले तीनकुनेको हिंसात्मक घटनाको सम्बन्धमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिमा बोलाएर सोधपुछ गर्नुपर्ने बताएका छन् ।

आज प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई सो घटनाका सम्बन्धमा सोधपुछ गर्न समितिमै बोलाउन माग गरेका हुन् ।

‘पूर्वराजा ज्ञानेन्द्रलाई यो समितिमा बोलाऔं । समितिमा बोलाएर हामीले सोधौं । यो मानवअधिकार उल्लङ्घनको घटना हो कि हाईन ? तपाईँले गरेको हो कि हाईन ? तपाईँ एउटा नागरिकको हैसियतले यो घटना गर्न पाउनुहुन्छ ? के हो यो कुरा ? यसका बारेमा पनि छलफल गर्न आवश्यक छ,’– उनले भने ।

अराजकता र अमानवीय व्यवहार गर्ने कसैलाई पनि छुट दिन नसकिने उनले बताए । संविधान र कानुनको नजरमा सबै बराबरी रहेको उनले बताए ।

114 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal