शक्ति सञ्चयमा प्रचण्ड र ओली
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रस्ताव फिर्ता नभएसम्म स्थायी कमिटीको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएसँगै बैठक एक हप्ता सारेर दुवै अध्यक्ष शक्ति सञ्चयतर्फ लागेका छन् । आइतबार बसेको स्थायी कमिटी बैठकमा दाहालको प्रस्ताव र ओलीको जवाफी पत्रलाई छलफलको अजेन्डा बनाउने कि नबनाउने भन्नेबारेमा छलफल भएको थियो । बैठकले ती दुवै प्रस्तावलाई अजेन्डा नबनाएर सट्टामा ‘पार्टीको आन्तरिक समस्याबारे’ भन्ने अजेन्डा बनाएपछि सात दिनलाई बैठक स्थगित गरेर अध्यक्षद्वय शक्ति सञ्चयतर्फ उन्मुख भएका हुन् ।
धुम्बाराहीमा स्थायी कमिटीको बैठक सकिएपछि ओलीले बालुवाटारमा आफूनिकटका नेताहरूसँग भावी रणनीतिबारे छलफल गरेका थिए । आफूमाथि दाहालले लगाएको आरोपको प्रतिवाद कसरी गर्ने र दाहालको प्रस्तावलाई कसरी असफल बनाउने भन्ने विषयमा ओलीले निकटका नेताहरूसँग छलफल गरेका हुन् । बालुवाटार निकट स्रोतका अनुसार स्थायी कमिटीबाट भन्दा पनि सचिवालय बैठकबाट समस्याको छिनाफानो गर्ने रणनीति ओली समूहको छ । स्थायी कमिटीमा ओलीका विरुद्ध गतिलो बहुमत छ भने सचिवालयमा ओलीको अवस्था केही बलियो छ ।
यता दाहालले पनि निकटका नेताहरूसँग छलफल गरिरहेका छन् । उनले खासगरी पूर्व माओवादीका नेताहरूसँग छलफल गरेका थिए । स्थायी कमिटी बैठकमा दाहालले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफूलाई कुनै संकोच नभएको बताएका थिए । त्यसपछि साँझ उनले निकटका नेताहरूसँग सामान्य छलफल गरे । ‘पार्टीमा नेतृत्व हस्तान्तरणको प्रसंग उठिरहेको छ । यसमा मलाई समस्या छैन । मलाई अध्यक्ष हुनुपर्ने मोह छैन’, दाहालले बैठकमा भनेका थिए । स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार दाहालले पदभन्दा गणतन्त्र र पार्टी आवश्यक भएकाले आवश्यक परे त्याग गर्न तयार हुने बताएका थिए । साँझको छलफलमा यो विषयले पनि प्राथमिकता पाएको थियो ।
पछिल्लो समय बहुमतको घेराबन्दीमा परेका प्रधानमन्त्री ओली भदौ २६ गतेको स्थायी कमिटी बैठकले दिएको म्यान्डेट कार्यान्वयन गर्छु भन्ने अवस्थामा पुगेका छन् । यो विषय पनि सचिवालय बैठकमा नभएर स्थायी समिति बैठकबाटै छिनोफानो हुनुपर्ने दाहाललगायतको नेताको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





