बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

म्याग्दी । सदरमुकाम बेनीमा ठेका र मदानी बिक्री गर्न आएका टीका चुदारा अचेल निराश छन्। बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने दर्शकलाई लक्षित गरेर माघको शुरुमै बागलुङबाट ठेकी र मदानी लिएर म्याग्दी आएका उनले सोचेअनुरुप सामान बिक्री गर्न सकेका छैनन्।

गाउँबाट मेलामा आउने सर्वसाधारणमध्ये निकै थोरैले मात्र ठेका र मदानी खरिद गरेको चुदाराले बताए। ‘केही वर्ष अघिसम्म ठेका र मदानीको माग पुर्‍याउनै कठिन हुने गर्थ्यो। मेलामा ल्याएका सामान केही दिनमै सकिन्थ्यो। अहिले बेनीमा आएको एक साता भइसक्यो। ठेका र मदानीको बिक्री उत्तिधेरै भएको छैन’, उनले भने।

गाउँमा गाईभैँसी पाल्नेहरू घट्दै गएको, सिल्टे र प्लाष्टिकका ठेका तथा विद्युतीय मदानीको प्रयोग गर्ने प्रचलनले ठेका र मदानी बनाउने सिप र पेशा संकटमा पर्न थालेको छ। काठको ठेकामा गाईभैँसीको दूध, दही र मोही संकलन गरिन्छ भने ठेकीलाई दूध दुहुन प्रयोग गरिन्छ। पछिल्लो समय काठका ठेकाको विकल्पमा धातुबाट बनेका ठेका बजारमा आउन थालेपछि परम्परागत सीप र काठको उपयोग गरी ठेका बनाउने पेशा अँगालेका समुदायलाई समस्या भएको छ।

गिठादार काठबाट परम्परागत सीप र औजारको प्रयोग गरेर बनाउने ठेकालाई तीन हजारदेखि १५ हजार रुपैयाँसम्म मूल्य पर्छ। बागलुङ नगरपालिका–१२ अमलाचौर बलेवामा घरेलु उद्योगबाट चुदाराले ठेका, मदानी, ठेकी, पुङ, पुचाईसँगै सजावटका लागि साना ठेकीका सामान बनाउँदै आएका छन्। अहिले ६० वर्ष पुग्नुभएका चुदाराले आफूले २० वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा ठेकी बनाउन थालेको बताए।

‘बाउबाजेले गरेको पेसालाई मैले पनि निरन्तरता दिएको हुँ, तर मौलिक सीपलाई प्रयोग गरेर ठेका बनाउने पेशालाई सरकारी तवरबाट कुनै सहयोग भएको छैन, गाउँमा अधिकांशले यो पेसा छाडिसकेका छन्, मेरा छोराहरूले पनि अन्य पेशा र रोजगारी गर्न थालेका छन्। हामी पछि गाउँमा यसरी ठेकी बनाउने मानिस भेटिँदैनरु, चुदाराले भने। उनले म्याग्दीमा २०५० को दशकमा लाग्ने तत्कालीन माघेसङ्क्रान्ति मेला तथा २०६० सालपछि लाग्दै आएको म्याग्दी महोत्सवमा काठबाट बनेका सामान बिक्री गर्न आउने गरेका छन्।

146 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal