एनआरएनएको दशौँ एकता महाधिवेशन मे ३–५ मा काठमाडौँमा हुने

२०८१ पुष ३ गते, बुधबार

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को उच्चस्तरीय समितिले संघको दशौँ एकता महाधिवेशन आगामी मे ३(५, २०२५ ९२०७२ बैशाख २०(२२० मा काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ।

उच्चस्तरीय समितिको भर्चुअल माध्यमबाट सम्पन्न दोस्रो बैठकले महाधिवेशनको मिति र अन्य महत्वपूर्ण निर्णयहरू लिएको समितिका एक सदस्यले जानकारी दिए।

बैठकले समितिको सचिवालयमा रबिना थापा, जानकी गुरुङ, कुमार पन्त र कुल आचार्यलाई थप गर्दै सचिवालयलाई चार सदस्यीय बनाउने निर्णय गरेको छ।

त्यस्तै, बैठकले संघको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न आवश्यक कार्यविधि ९टर्म्स अफ रेफरेन्स० निर्माण गर्न एक समिति गठन गरेको छ। उक्त समितिमा डा। उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त, विनोद कुँवरसहित परराष्ट्र र कानून मन्त्रालयका प्रतिनिधि रहनेछन्। कार्यविधि निर्माण समितिले महाधिवेशन आयोजना तथा सञ्चालनसम्बन्धी आवश्यक सुझाव आगामी बैठकमा पेश गर्नेछ।

साथै, संघको एकीकृत महाधिवेशन सम्पन्न गर्न सबै पक्षसँग आवश्यक छलफल तथा संवाद गर्न जीवा लामिछाने, रामप्रताप थापा, भीम उदास र कुमार पन्तलाई जिम्मेवारी दिइएको छ।

बैठकले गैरआवासीय नेपाली संघको सदस्यता वितरण खुला गर्दै एकीकृत महाधिवेशन सम्पन्न गर्न आवश्यक समन्वयका लागि सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) लाई पत्राचार गर्ने निर्णय पनि गरेको छ।

महाधिवेशन सफल बनाउन संघले सबै पक्षसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

77 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal