‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध उजुरी

२०८१ मंसिर १२ गते, बुधबार

काठमाडौं । नेपालमा सबैभन्दा राम्रो कमाई गरेको र अझै गर्दै गरेको नेपाली कथानक चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी परेको छ ।

‘लाज’ फिल्मका लेखक अजित लामिछानेले यही मंसिर ५ गते नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन् । फिल्ममा ‘लाज’को कथासार र केही तोडमोड गरी नियतबस चोरी गरिएको उजुरीमा उल्लेख छ ।

उजुरीमा भनिएको छ, ‘विगत दुई वर्ष पहिले मैले ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेललाई ‘लाज’को सम्पूर्ण कथा, पटकथा तथा संवाद सुनाएको थिएँ र, उक्त फिल्मको निर्माण कम्पनी बाँसुरी फिल्म्सका प्रबन्ध निर्देशक रामबाबु गुरुङ (फिल्म निर्देशक) लाई पनि ‘लाज’माथि सहकार्य गर्ने हेतुले इमेल गरिएको र दुई चरण फिल्म निर्माण सम्बन्धमा छलफल गरिएको हो ।’

लेखक लामिछानेले आफ्नो बौद्धिक सम्पत्ति चोरी भएकाले फिल्मका निर्देशकदेखि सम्बन्धित व्यक्तिसँग सत्यतथ्य छानबिन गरी सृजनामाथिको प्रतिलिपि अधिकार हनन् हुनबाट जोगाउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

130 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal