‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध उजुरी

२०८१ मंसिर १२ गते, बुधबार

काठमाडौं । नेपालमा सबैभन्दा राम्रो कमाई गरेको र अझै गर्दै गरेको नेपाली कथानक चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी परेको छ ।

‘लाज’ फिल्मका लेखक अजित लामिछानेले यही मंसिर ५ गते नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन् । फिल्ममा ‘लाज’को कथासार र केही तोडमोड गरी नियतबस चोरी गरिएको उजुरीमा उल्लेख छ ।

उजुरीमा भनिएको छ, ‘विगत दुई वर्ष पहिले मैले ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेललाई ‘लाज’को सम्पूर्ण कथा, पटकथा तथा संवाद सुनाएको थिएँ र, उक्त फिल्मको निर्माण कम्पनी बाँसुरी फिल्म्सका प्रबन्ध निर्देशक रामबाबु गुरुङ (फिल्म निर्देशक) लाई पनि ‘लाज’माथि सहकार्य गर्ने हेतुले इमेल गरिएको र दुई चरण फिल्म निर्माण सम्बन्धमा छलफल गरिएको हो ।’

लेखक लामिछानेले आफ्नो बौद्धिक सम्पत्ति चोरी भएकाले फिल्मका निर्देशकदेखि सम्बन्धित व्यक्तिसँग सत्यतथ्य छानबिन गरी सृजनामाथिको प्रतिलिपि अधिकार हनन् हुनबाट जोगाउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

150 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १६ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १६ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal