राजसंस्थाको पक्षमा चितवनमा मोटरसाइकल र्‍याली

२०७७ मंसिर २० गते, शनिबार

काठमाडौँ । राजसंस्थासहित हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि देशव्यापी रूपमा शृङ्खलाबद्ध सडक संघर्षका कार्यक्रम भइरहेका छन् थालेको छ ।
आज वीर गोर्खाली अभियानले पनि चितवनमा राजसंस्था पुनःस्थापनाको माग गर्दै र्‍याली प्रदर्शन गरेको छ । ‘देश र श्रीपेचको रक्षा’ को लागि भन्दै शनिबार मोटरसाइकल र्‍यालीसहित विशाल प्रदर्शन भएको हो ।
राष्ट्रिय झण्डा र पूर्व राजारानी ९ज्ञानेन्द्र–कोमल० शाहको तस्बिर अंकित टिसर्ट लगाएर भरतपुरस्थित पारस बसपार्कबाट चौबिसकोठी, पुल्चोक हुँदै बाइपास रोड, मालपोत चोकबाट पुनः पारस बसपार्कमा पुगेर र्‍याली कोणसभामा परिणत भएको हो ।
र्‍यालीमा करिब ५ हजारभन्दा धेरै मोटरसाइकल सहभागी रहेको आयोजकको दाबी छ । र्‍यालीपछि पारस बसपार्कमा भएको कोणसभामा बोल्दै वीर गोर्खाली अभियन्ता बसन्तविक्रम पाण्डेले नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना भएरै छाड्ने दाबी गरे ।
कार्यक्रम सञ्चालक सौरभ भण्डारीले अहिलेको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने दलिल पेस गरेका थिए ।

232 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal