२० लाखभन्दा धेरै पुरुषले वर्षेनी रक्सीकै कारण गुमाइरहेछन् ज्यान

२०८१ असार १७ गते, सोमबार

काठमाडौँ । विश्वभर रक्सी सेवनका कारण मर्नेको सङ्ख्या निकै धेरै छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरेक वर्ष संसारभर कूल २६ लाख जनाको मृत्यु मदिरा सेवनका कारण हुने गरेको छ । मदिरा र लागु पदार्थको प्रयोगका कारण हुने विकारको उपचार सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

यो भनेको बर्सेनि विश्वभर हुने कूल मृत्युको ४ दशमलव ७ प्रतिशत हो । लागु औषधका कारण बर्सेनि ६ लाख जनाले ज्यान गुमाइरहेका छन् । यसमा ४ लाख पुरुष रहेका छन् । प्रतिवेदन रक्सी र लागु औषध सेवनले जनस्वास्थयमा पारेको प्रभाव र विश्वभर रक्सीको सेवन र मादक पदार्थको सेवनले निम्तने विकारको उपचारबारे २०१९ डेटामा आधारित बृहत् अपडेट हो ।

रिपोर्टका अनुसार विश्वभर ४० करोड मानिस रक्सी र लागूपदार्थको प्रयोगका कारण उत्पन्न हुने विकारबाट पीडित छन् । तीमध्ये २० करोड ९० लाख मानिस रक्सीको लतमा बाँचिरहेका छन् । ‘मादक पदार्थको सेवनले व्यक्तिगत स्वास्थ्यमा गम्भीर रूपमा क्षति पुर्‍याउँछ । यसले पुराना रोग, मानसिक रोगको अवस्था बिगार्ने जोखिम त छ नै बर्सेनि लाखौँ मानिसको मृत्यु पनि भइरहेको छ । जसलाई रोक्न सकिन्छ । यसले परिवार र समुदायमा ठुलो बोझ थोपर्छ, दुर्घटना, चोट र हिंसाको जोखिम पनि बढाउँछ,’ डब्लुएचओका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले प्रतिवेदनमा भनेका छन् ।

स्वस्थ, अधिक समतामूलक समाज बनाउने हो भने तत्कालै मदिरा सेवन गर्दा हुन सक्ने नकारात्मक स्वास्थ्य र सामाजिक परिणामहरू कम गर्ने र लागू औषध सेवनका कारण हुने विकारको उपचारलाई सुलभ र किफायती बनाउने खालका साहसिक कार्य गर्न हामीहरू प्रतिबद्ध हुनु पर्ने पनि उनले बताएका छन् ।

रक्सीको सेवनले स्वास्थ्यमा पार्ने प्रभावहरू
सन् २०१० यता मदिराजन्य मृत्युदरमा केही कमी आएको भए पनि मदिरा सेवनबाट हुने मृत्युको कुल सङ्ख्या अस्वीकार्य रूपमा न्यून रहेको र २०१९ मा यो २६ लाख पुगेको प्रतिवेदनले उल्लेख गरेको छ । सन् २०१० मा विश्वको प्रतिव्यक्ति रक्सी खपत ५ दशमलव ७ लिटर थियो । सन् २०१९ मा यो घटेर साढे ५ प्रतिशतमा आएको छ । समीक्षा अवधिमा प्रतिव्यक्ति खपत सबैभन्दा धेरै युरोपमा ९ दशमलव २ लिटर र अमेरिकी क्षेत्रमा साढे ७ लिटर रहेको छ ।

रक्सी सेवनका कारण सबैभन्दा धेरै मृत्यु युरोपेली क्षेत्र र अफ्रिकी क्षेत्रमा पाइएको छ । प्रतिलिटर मदिरा सेवन गर्दा हुने मृत्युदर न्यून आय भएका देशहरूमा सबैभन्दा बढी र उच्च आय भएका देशहरूमा सबैभन्दा कम छ । सन् २०१९ मा रक्सीसँग सम्बन्धी सबै मृत्युहरू मध्ये करिब १६ लाख मृत्युको कारण नसर्ने रोग थियो । यसमा पनि मुटुसम्बन्धी रोगका कारण मर्नेको सङ्ख्या ४ लाख ७४ हजार थियो भने क्यान्सरका कारण ४ लाख १ हजार थियो ।

अर्को ७ लाख २४ हजार मृत्यु सडक दूघर्टना, पारस्परिक हिस्सा आदिमा चोटका कारण भएको थियो । अर्को २ लाख ८४ हजार मृत्यु रक्सी सेवनपछि असुरक्षित यौन सम्पर्कका कारण एचआईभी जस्ता सरुवा रोगका कारण भएको थियो । (एजेन्सी)

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal