खराब ब्याटिङका कारण नेपालको लज्जास्पद हार
काठमाडौँ । टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो ।
कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे ।
दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे ।
किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रन बनाएको थियो ।
नेपाली टोलीका बलर सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका प्रभावशाली लेग–स्पिनर सन्दीपले एक सय विकेटको कोशेढुंगा पनि पुरा गरेका छन् ।
नेपाली बलरले खेलको प्रारम्भदेखि नै बंगलादेशी ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । बंगलादेशले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो । सोमपाल कामीले बंगलादेशका ओपनर ब्याट्सम्यान तानजिद हसनलाई खाता खोल्नुअघि नै पेभेलियन फmर्काएका थिए । सोमपालले आफ्नो बलमा आफैले तानजिदको क्याच लिएका थिए ।
बंगलादेशको दोस्रो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले तेस्रो नम्बरका ब्याट्सम्यान नजमुल होसैन सान्तोलाई चार रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । १।३ ओभरमा कप्तान सान्तो आउट हुँदा बंगलादेशले केवल सात रन बनाएको थियो ।
यसैगरी बंगलादेशले आफ्नो तेस्रो विकेटका रुपमा ओपनर लिटन दासलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान लिटन दासको विकेट सोमपाल कामीले लिएका थिए । सोमपालले लिटन दासलाई १० रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । ४.३ ओभरमा लिटन दास आउट हुँदा बंगलादेशले २१ रन बनाएको थियो ।
बंगलादेशको चौथो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले बंगलादेशका पाँचौँ नम्बरका ब्याट्सम्यान तोहिद हृदोयलाई नौ रनको ब्यक्तिगत स्कोरमा सन्दीप लामिछानेद्वारा क्याच गराए । ५।४ ओभरमा हृदोय आउट हुँदा बंगलादेशले ३० रन बनाएको थियो ।
बंगलादेशले पाँचौँ विकेटका रुपमा महमुदुल्लाहलाई गुमाएको थियो । उनी १३ रन बनाउँदै रन आउट भएका थिए । नवौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा बंगलादेशले ५२ रन बनाएको थियो । उनलाई रन आउट गराउन सन्दीप लामिछाने र गुलसान झाको योगदान रह्यो ।
यसैगरी बंगलादेशले छैटौँ विकेटका रुपमा अनुभवी ब्याट्सम्यान सकिब अल हसनलाई गुमाएको थियो । उनको विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले सकिब अल हसनलाई १७ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । ११।४ ओभरमा सकिब आउट हुँदा बंगलादेशले ६१ रन बनाएको थियो ।
बंगलादेशको सातौँ विकेट सन्दीप लामिछानेले लिएका थिए । उनले बंगलादेशका तानजिम हसन सकिबलाई तीन रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । बंगलादेशले १३.२ ओभरमा सातौँ विकेट गुमाउँदा ६९ रन बनाएको थियो ।
बंगलादेशको आठौँ विकेट पनि सन्दीपले नै लिएका थिए । उनले बंगलादेशका जाकेर अलीलाई १२ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । १५.३ ओभरमा आठौँ विकेट गुमाउँदा बंगलादेशले ७५ रन बनाएको थियो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले लिएको यो एक सयौँ विकेट थियो ।
यसैगरी बंगलादेशको नवौँ विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले बंगलादेशका ब्याट्सम्यान रिसाद होसैलाई १३ रनको ब्यक्तिगत स्कोरमा अनिल साहद्वारा क्याच गराएका थिए । १७.१ ओभरमा नवौँ विकेट गुमाउँदा बंगलादेशले ८८ रन बनाएको थियो ।
ताजा
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





