हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति दिने कलेज
काठमाडौं । नेपालको इन्जिनियरिङ शिक्षाको विकासमा सन् १९९४ देखि सञ्चालित नेपाल इन्जिनियरिङ कलेजको महत्वपूर्ण भूमिका रहेको छ । शहरी कोलाहल र प्रदुषण भन्दा टाढा शान्त तथा हरियाली वातावरण युक्त कलेज चाँगुनारायण भक्तपुरमा अवस्थित छ । यस कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन–अध्यापन हुने गरेको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित कलेजले हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति नै दिने गरेको छ ।
नेपाल इन्जिनियरिङ कलेजको विशेषता भनेको क्वालिटी एजुकेशन नै हो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरु मध्येकै उत्कृष्ट कलेजका रुपमा परिचित नेपाल इन्जिनियरिङ कलेजले प्रयोगात्मक शिक्षण विधिलाई प्राथमिकताका साथ अङ्गालेको कलेजका कार्यवाहक प्रिन्सिपल एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीको दावी छ । यसका साथै कलेजले विद्यार्थीहरुलाई इन्टरनेशनल एक्सपोज दिन युरोप, अस्ट्रेलिया, जापानका प्रतिष्ठित कलेज र विश्वविद्यालयसँग विद्यार्थी तथा फ्याकल्टी एक्सचेन्ज कार्यक्रममा सहकार्य गरेको छ । ‘हामीले यहाँ पढ्ने विद्यार्थीलाई इन्टरनेशनल एक्सपोजको सुविधा दिएका छौं । हरेक वर्ष विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिमा युरोप, जापान लगायत विश्वका उत्कृष्ट कलेजमा अध्ययन गर्न पठाइन्छ ।’ कार्यवाहक प्रिन्सिपल भण्डारी जिकीर गर्नुहुन्छ ।
विद्यार्थीले कुनैपनि बेला आफ्ना शैक्षिक समस्याहरु फ्याकल्टीहरुसँग सोध्न सकुन् भनेर कलेजले पूर्णकालिन फ्याकल्टीहरुको ब्यवस्था गरेको छ । ‘कुनैपनि विषयगत विषयमा विद्यार्थीले जुनसुकै बेला आफ्ना शिक्षकहरुसँग निर्धक्क जिज्ञासा र समस्या राख्न पाउनुपर्छ । अनी मात्र उसले चाहेको ज्ञान हासिल गर्न सक्छ । हामीसँग करिब ९० प्रतिशत अर्थात् १२० जनाभन्दा बढी अनुभवी शिक्षकहरु हुनुहुन्छ ।’ कार्यवाहक प्रिन्सिपल भण्डारी भन्नुहुन्छ ।
त्यस्तै कलेजले दिने छात्रवृत्ति अर्को आकर्षण हो । पोखरा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थी छात्रवृत्तिसँगै कलेजले हरेक वर्ष विभिन्न शिर्षकमा लगभग १०० जना विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ । कार्यवाहक प्रिन्सिपल भण्डारीका अनुसार कलेजले स्थानीय नागरिकका छोराछोरीलाई इन्जिनियरिङ शिक्षामा अवसर दिन चाँगुनारायण नगरपालिका मार्फत छात्रवृत्ति प्रदान गरिरहेको छ ।
कलेज सञ्चालन बोर्ड छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, प्रवेश परीक्षा उत्कृष्ट छात्रवृत्ति लगायत विभिन्न छात्रवृत्तिहरु कलेजमा छ । यसका अलावा सेमेष्टर टपर लगायतलाई पनि छात्रवृत्ति उपलब्ध गराइएको छ । ‘इन्जिनियरिङ शिक्षामा सबैको पहुँच पुगोस भनेर हामीले अधिकतम छात्रवृत्ति दिने गरेका छौं । शुल्कको कुरा गर्दा अन्य कलेजहरुको दाँजोमा हामीले कमै शुल्क लिइरहेका छौं ।’ कार्यवाहक प्रिन्सिपल भण्डारी भन्नुहुन्छ ।
स्थापनाको तीसौं वर्षमा पुग्दै गर्दा कलेजबाट दशौं हजार दक्ष जनशक्ति उत्पादन भइसकेका छन् । कलेजले उत्पादन गरेका दक्ष जनशक्ति अहिले नेपाल सरकारका उच्च ओहदा, निजी तथा गैरसरकारी संस्थामा कार्यरत मात्र छैनन् विश्वका विभिन्न देशहरुका प्रतिष्ठित कलेज, विश्वविद्यालय र व्यवसायीक प्रतिष्ठानहरुमा कार्यरत छन् । स्थापनाकालदेखि आज पर्यन्त कलेजले क्वालिटी एजुकेशनमा सदैव जोड दिँदै आइरहेकोले इन्जिनियरिङ कलेजहरुको अनुगमन, नियमन गर्ने नेपाल इन्जिनियरिङ काउन्सिलले स्थायी प्रमाणपत्र दिएको छ । परिषद्ले इन्जिनियरिङ कलेजहरुको शैक्षिक, भौतिक र प्रशासनिक अनुगमन गरेर स्थायी र अस्थायी प्रमाणपत्र दिने गरेको छ । नेपाल इन्जिनियरिङ कलेज, पुल्चोक क्याम्पस लगायत केही समिति इन्जिनियरिङ कलेजहरुसँग मात्र स्थायी प्रमाणपत्र छ ।
पछिल्लो समय नेपाल इन्जिनियरिङ कलेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको सञ्चालन समिति मार्फत सञ्चालनमा छ । कलेजका तत्कालिन सञ्चालकहरु मध्ये लम्बोदर न्यौपानले कलेजको करोडौं सम्पत्ति अपचलन गर्दै एकल सम्पत्ति बनाउने प्रयास गरेपछि सरकारले नै हज्जारौं विद्यार्थी, शिक्षक र कर्मचारीहरुको भविष्य जोडिएको कलेज बचाउनु पर्दछ भनेर सरकारले नै नयाँ सञ्चालक समिति गठन गरेको हो ।
कलेजमा स्नातक तह तर्फ सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुलर इन्जिनियरिङ, कम्प्युटर साइन्स एन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिशेकन इन्जिनियरिङ तथा वि।ई। सिभिल फर डिप्लोमा होल्डर्सको अध्यापन हुने गरेको छ । स्नातकोत्तर तहमा ललितपुरको प्रयागपोखरी स्थित नेक–सिपिएसमा कन्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिस्प्लिनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको अध्यापन हुने गरेको छ ।
ताजा
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन
२०८३ जेष्ठ १७ गते, आईतवार
ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक
२०८३ जेष्ठ १७ गते, आईतवार
चाँगुनारायण नगरपालिका अब ‘योगनगर’
२०८३ जेष्ठ १७ गते, आईतवार
स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा
२०८३ जेष्ठ १७ गते, आईतवार
नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?
२०८३ जेष्ठ १७ गते, आईतवार
बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा
२०८३ जेष्ठ १५ गते, शुक्रबार
चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव
२०८३ जेष्ठ १५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





