अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

२०८१ असार २ गते, आईतवार

पोखरा । अनुपम म्युजिक, पोखराले आफ्नो २०२ औँ शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ ।

शनिवार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका–४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई प्रमाणपत्र वितरण गरे । जीवनको अनिवार्य सिपका रूपमा भाषणकलाको चर्चा गर्दै पराजुलीले यस्तो सिप सबै वर्ग र क्षेत्रका मानिसले सिक्नुपर्नेमा जोड दिए । आफूले पनि आफ्नो वडाका दिदीबहिनी, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधिहरूका लागि भाषणकलासम्बन्धी तालिम आयोजना गरेको स्मरण गर्दै उनले यसले मानिसको व्यक्तित्वलाई उच्च बनाउन सहयोग गर्ने अनुभव सुनाए । अनुपम म्युजिकले २० वर्षदेखि सञ्चालन गर्दै आएको तालिमबाट उच्च पदस्थ नेताहरूसम्म लाभान्वित भएको भन्दै पराजुलीले यो अभियानको प्रशंसा गरे ।

अनुपम म्युजिकका संरक्षक वीरेन्द्र पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपम म्युजिकबाट हालसम्म १० हजारभन्दा बढी व्यक्तिले तालिम लिइसकेको जानकारी दिए । उनले अनुपममा एक पटक पैसा तिरेर तालिम लिएपछि जति पटक पनि निःशुल्क तालिम लिन सकिने बताए ।
कार्यक्रममा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ, ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी, समाजसेवी राजकुमार घिमिरे, प्रशिक्षार्थीहरू अनुपमा अधिकारी, मिलन बराल, अर्नभ तुलाचन, ओजस्वी गौतमलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रशिक्षार्थीद्वय श्रेया अधिकारी र एलिसा थापाले गरेका थिए । सो अवसरमा गायिका कृषिका घिमिरेले गायन प्रस्तुत गरेकी थिइन् । तालिममा अनुराग अधिकारी, रुपिन्द्र प्रभावीलगायतले प्रशिक्षण दिएका थिए ।

131 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal