मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

२०७७ मंसिर २० गते, शनिबार

काठमाडौं । आगामी २९ गते नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
तिन दिनअघि भएको तनहुँ घटना र सरकारको कामकारबाहीको विषयलाई लिएर कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।
तनहुँ जिल्लामा बुधबार सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात, सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनताविरुद्ध प्रदर्शन गर्न लागेको कांग्रेसले जनाएको छ ।
यस्तै कांग्रेसले अविलम्ब संसद बैठक बोलाउन पनि सरकारसँग माग गरेको छ । राष्ट्रिय रूपमा उठेका जिवन्त प्रश्नहरूसँगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएको कांग्रेसको भनाइ छ ।
बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्वर्धन नेपाली कांग्रेसकै ऐतिहासिक अभिभारा रहेकोे भन्दै कांग्रेसले शुक्रबार प्रदर्शन गर्ने निर्णय गरेको स्पष्ट पारेको छ ।

286 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal