हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

काठमाडौं । हामी र हाम्रो कृति समाजले आज संयुक्त मुक्तक संग्रह विमोचन सम्पन्न गरेको छ ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटारमा उक्त मुक्तक संग्रह विमोचन गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नयाँ वर्ष २०८१ को शुभकामना आदान– प्रदान, संस्थाको वार्षिकोत्सव, अतिथि सम्मान, आजीवन सदस्यहरूलाई प्रमाण–पत्र वितरण तथा संस्थामा आवद्ध आजिवन सदस्यहरू मध्यका २५ जना स्रष्टाहरूले “हामी र हाम्रो कृति” संयुक्त मुक्तकसङ्ग्रह विमोचन कार्य सम्पन्न गरिएको थियो ।


पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली काँग्रेसका महामन्त्री गगन थापा उपस्थिति उक्त कार्यक्रमको सञ्चालन बहु प्रतिभाशाली भुवन सिवाकोटी चौघरेले गर्नुभएको थियो भने स्वागत् मन्तव्य हामी र हाम्रो कृति समाजकी संस्थापक सदस्य सुभद्रा अधिकारीले गर्नु भएको थियो । हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपालको अध्यक्षतामा सञ्चालन भएको थियो भने विशिष्ट अतिथिको आसनमा विगतका हाम्रा कार्यक्रमहरूमा प्रमुख अतिथि, विशिष्ट अतिथि, समिक्षक, उद्घोषक, र सहयोगी हातहरू रहनु भएको थियो । लोकार्पित कृति “हामी र हाम्रो कृति” मुक्तकसङ्ग्रहको समीक्षा प्रखर राजनीतिक विश्लेषक तथा वरिष्ठ समालोचक प्रा. डा. गोविन्द मानसिंह कार्कीले गर्नु भएको थियो ।

बधाई तथा शुभकामना सहित शुरु गरिएको हामी र हाम्रो कृति समाजका सचिव बद्री उप्रेतीको मन्तव्यमा संस्था स्थापना, व्यवस्थापनमा देखिएका चुनौति र सामना गर्नु परेको कठिनाईको बारेमा जानकारी गराउँदै आगामी दिनमा संस्था सर्जक रहि गरिने विविध गतिविधि र कार्ययोजना बारे प्रष्ट पार्नु भएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार , समाजका गन्यमान्य व्यक्तित्व साथै साहित्यानुरागी मनहरूको करिव ११० जनाको उपस्थिति रहेको उक्त सभामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले हामी र हाम्रो कृति समाजले अहिलेसम्म गरेका कार्यहरूप्रति प्रशंसा गर्दै आगामी दिनमा नेपाली साहित्यको उन्नयनका लागि सदैव लागिरहन हामी र हाम्रो कृति समाजलाई हौसला प्रदान गर्दै विमोचित कृतिका सम्पूर्ण स्रष्टाहरूलाई बधाई दिँदै दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष मदन प्रसाद नेपालले विमोचित कृतिका सम्पूर्ण कृतिकारहरूलाई बधाई दिँदै संस्थाको आगामी कार्यक्रमको बारेमा प्रकाश पार्नुका साथै कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउन उपस्थित हुनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै सभा विसर्जन भएको जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा उल्लेख्य मात्रामा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

 

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal