फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

२०८० फाल्गुन २० गते, आईतवार

काठमाडौं/ नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो मार्च महिनामा आफ्नो सातौं बार्षिकोत्सब मनाउँदैछ ।

वितेका सात वर्षमा फेयरफिल्ड काठमाडौंले न्यानो आथित्यताका साथमा पस्केको लक्जरी, आरामदायिता र साँस्कृतीक विविधताको अद्धितीय अनुभव गरेका हज्जारौँ स्वदेशी तथा विदेशी पर्यटकहरुले यस होटलको खुलेर प्रशंसा गर्दै आएका छन् । सात वर्ष अगाडी नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिअटलाई भित्र्याएर यस होटलले नेपालको पर्यटन क्षेत्रकै समग्र आथित्यता सेवाको स्तरवृद्धि गर्न सफल भएको हो ।

फेयरफिल्ड काठमाडौंमा आथित्य सेवाका लागि तिन उत्कृष्ठ रेष्टुराँहरु रहेका छन् । अल डे डाईनिङ्ग रेष्टुराँ काभा, जापानीज रेष्टुराँ काकु काकु सिका जिका र मेडिटेरिअन ओचो स्काई लाउन्ज खानाको उत्कृष्ठ स्वादका साथमा आथित्यताको उच्चतम अनुभव पस्किन सदैब तत्पर रहँदै आएका छन् । काभामा नेपाली, ईण्डियन र वेष्टर्न खानाहरु पस्किने गरिएको छ भने काकु काकु सिका जिकामा सुसी रोल, टेपनयाकी जस्ता प्रसिद्ध जापानी खाना पाईन्छ । ओचो स्काई लाउन्जमा भने काठमाडौं शहरको रङ्गिन वातावरण नियाँल्दै इटालियन र स्पेनिस खानको स्वाद लिने अवसर मिल्नेछ । यद्यपि कुनै पनि रेष्टुराँमा बसेर कुनै पनि मेन्यु बाट खानाको अर्डर गर्न सकिने अवसर फेयरफिल्डले दिंदै आएको छ ।

काठमाडौंका मुटु मानिने ठमेलको मुखैमा रहेको फेयरफिल्डबाट काठमाडौं दरबार स्क्वायर दश मिनेटको दुरीमा पर्छ भने दरबारमार्ग पाँच मिनेट भन्दा कमको पैदल यात्रामा पुग्न सकिन्छ । काठमाडौंका स्थानीय जीवनलाई नजिकबाट नियाँल्दै यहाँको रात्री जिवन होस् या सांस्कृतिक विविधताको अनुभूति गर्न चाहने पर्यटकहुन् सबैलाई पायक पर्ने फेयरफिल्ड हरेक वर्ग र उमेर समूहका पर्यटकको साझा रोजाई बन्दै आएको छ ।

विश्व प्रसिद्ध होटल ब्राण्ड म्यारिअट बोनभोईको अनुपम आथित्यता र लक्जिरी अनुभूति गर्न चाहने स्वदेशी तथा विदेशी पाहुनालाई आफ्नो सात बर्षे यात्रा सफल बनाईदिएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै काठमाडौं म्यारिअट होटल तथा फेयरफिल्ड काठमाडौंका क्लस्टर डाईरेक्टर सेल्स एण्ड मार्केटिङ् वरुण कमरा भन्छन्, “यहाँहरूको साथ र सहयोग विना यो सफलता सम्भव थिएन, यो अभूतपूर्व सहयोगका लागि हार्दिक धन्यवाद । आगामी दिनमा हाम्रो सेवा र सुविधालाई अझ विस्तार गरेर लैजाने प्रतिबद्धता जनाउँछौँ ।”

166 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal